‘इजरायली सेनाले ३८ हजार प्यालेस्टाइनीको हत्या गर्‍यो’ « Khabarhub

‘इजरायली सेनाले ३८ हजार प्यालेस्टाइनीको हत्या गर्‍यो’


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजराइली कब्जाकारी सेना (आइओएफ) ले गाजा पट्टीमा गत अक्टोबरदेखि  चलाइरहेको नरसंहारमा कम्तिमा ३७ हजार ९२५ प्यालेस्टिनी नागरिकको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अवधिमा कम्तिमा ८७ हजार एक सय ४१ अन्य घाइते भएका छन् ।

आइओएफले गाजा पट्टीमा गत २४ घण्टामा प्यालेस्टिनी परिवारहरू विरुद्ध तीन नरसंहार गर्दा २५ प्यालेस्टिनीको हत्या गरेको र ८१ अन्यलाई घाइते बनाएको मन्त्रालयले विज्ञप्ति जारी गरी जानकाी दिएको हो ।

इजरायली आक्रमणको २७०औँ दिनमा गाजा पट्टीमा चरम र अभूतपूर्व नरसंहार जारी रहेको, लगातार हवाई हमलाहरू र चारैतिरबाट (हवाई, जमिन र समुद्री) गोलीबारी, हत्या, घाइते र हजारौँ प्यालेस्टिनी नागरिकविरुद्ध रक्तपातपूर्ण नरसंहार भइरहेको जनाइएको छ ।

गाजा पट्टीमा बिग्रँदै गएको मानवीय अवस्थाका बारेमा संयुक्त राष्ट्र एजेन्सीहरूले चेतावनी दिए पनि इजराइली संस्थाले आफ्नो नरसंहार जारी राखेको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १० : ३८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको