मनसुन अलर्ट : आज राति केही प्रदेशमा भारी वर्षा सम्भावना « Khabarhub

मनसुन अलर्ट : आज राति केही प्रदेशमा भारी वर्षा सम्भावना


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागम मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको र देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

अहिले देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । साथै, सबै प्रदेशका थोरै स्थानमा भारी वषाको पूर्वानुमान गरिएको छ । आज दिनभर काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यम वर्षा भएको छ । बुधबार पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षा हुनेछ ।

महाशाखाका अनुसार काठमाडौँमा ३२ दशमलव ७ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी जनकपुरमा एक सय २७ मिलिमिटर वर्षा भएको छ । यस्तै धनगढीमा ९७, पोखरामा ९३ र भैरहवामा ८८ मिलिमिटर वर्षा मापन गरिएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १० : ५७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको