भारत र श्रीलंकाको एकदिवसीय सिरिज आजदेखि « Khabarhub

भारत र श्रीलंकाको एकदिवसीय सिरिज आजदेखि


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र श्रीलंकाको एक दिवसीय सिरिज शुक्रबार सुरु हुँदैछ। सिरिजको पहिलो खेल शुक्रबार दिउँसो २:४५ बजे श्रीलंकाको कोलम्बु क्रिकेट मैदानमा सुरु हुनेछ।

सिरिज खेल्न रोहित शर्माको कप्तानीमा रहेको भारतीय टिम यसअघि नै कोलम्बु पुगिसेको छ। भारतले एकदिवसीय र टी-२० प्रतिस्पर्धाका लागि फरकफरक कप्तान बनाएको हो।

सूर्यकुमार यादवको कप्तानीमा यसअघि श्रीलंकाविरुद्ध खेलेको टी-२० सिरिजमा भारतले क्लिन स्वीप गरेको छ। तीन खेलमा तीन जित निकाल्दै भारतले टी–२० सिरिज जितेको हो।

ओडिआई सिरिज जित्दै प्रशिक्षक गौतम गाम्भीर सबै फरम्यार्टमा भारत अब्बल रहेको सावित गर्न चाहन्छन्। श्रीलंकाको टिमको कप्तानी भने चरित असालान्काले गरेका छन्। घरेलु मैदानमा जारी सिरिज उचाल्ने लक्ष्य श्रीलंकाको छ। टी-२० सिरिज गुमाएको श्रीलंका एकदिवसीय सिरिजमा रक्षात्मक बन्ने देखिन्छ।

तीन खेलको यो सिरिज शुक्रबार सुरु भएर साउन २३ गते बुधबार सकिने छ। सिरिजको दोस्रो खेल साउन २० गते आइतबार हुनेछ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ६ : २७ बजे

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका

आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना

गण्डकी– गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलन बढाउन, राजस्व प्रशासनलाई

लगातारको वर्षापछि काठमाडौंमा मौसम खुल्दै (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षापछि खुल्दै काठमाडौंको मौसम बङ्गालको खाडीमा विकसित चक्रवातको

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई

न्युयोर्क– विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट केही मिनेटमै ६

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं– डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना