रुस र पश्चिमी देशबीच कैदी आदान प्रदान « Khabarhub

रुस र पश्चिमी देशबीच कैदी आदान प्रदान


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकासहितका पश्चिमी देश र रुसबीच कैदी आदानप्रदान भएको छ । मिडिया रिपोर्टका अनुसार यो सम्झौतापछि रुसमा थुनामा रहेका तीन अमेरिकी नागरिकसहित विभिन्न ७ देशबाट २६ कैदी रिहा भएका छन् ।

अमेरिकासहित पश्चिमी देश र रुसबीच कैदी आदान प्रदानको सहमति टर्कीको मध्यस्थतामा भएको हो । बिभिन्न देशबाट २ नाबालिकसहित १० कैदीलाई रुस पुर्‍याइएको छ भने १३ कैदीलाई जर्मनी र ३ कैदी अमेरिका पुर्‍याइएको छ ।

रुसले रिहा गरेका अमेरिकी नागरिकमा वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोबीच, मरिन पल ह्वेलन र रुसी-अमेरिकी रेडियो पत्रकार आल्सु कुर्मशेवा रहेका छन् । भेलान र गेर्शकोविच दुवै जासुसीको आरोपमा रुसमा जेल परेका थिए । अमेरिकाले पनि यी गिरफ्तारीको विरोध गर्दै आएको थियो । कुर्मशेवा एक अमेरिकी र रुसी नागरिक हुन् जसलाई रुसी सेनाको बारेमा गलत सूचना फैलाएको आरोपमा जुन २०२३ मा रुसमा हिरासतमा राखिएको थियो ।

संयुक्त राज्य अमेरिका, रुस, जर्मनी र अन्य तीन युरोपेली देशहरूबीच भएको यो सम्झौताअनुसार कुल २६ जनालाई रिहा हुनेक्रममा टर्कीको अन्करा पुर्‍याइएको थियो । 

त्यस्तै जर्मनीको हिरासतमा २०१९ देखि रहेका रुसी इन्टेलिजेन्सका कर्नेल भाडिम क्रासीकोभलाई पनि रिहा गरिएको छ  ।

यस अघि अमेरिका र रुसबीच कैदीको सबैभन्दा ठूलो आदानप्रदान सन् २०१० मा भएको थियो, जब रुसका लागि जासुसी गरेको आरोपमा अमेरिकामा १० जना पक्राउ परेका थिए । त्यसपछि यी १० कैदीलाई भियना विमानस्थलमा अन्य चार बन्दीसँग साटासाट गरिएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ९ : ३६ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी