कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी « Khabarhub

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । १० बजे बस्ने बोर्ड बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेपछि मात्रै नतिजा प्रकाशन हुने भएको छ ।  

बोर्डले प्राविधिक त्रुटि वा केही भइपरी नआएमा आजै नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो ।

देशभरबाट ५ हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन् । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १० : १७ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको