रौतहटमा स्कारपियोसहित अवैध काठ बरामद « Khabarhub

रौतहटमा स्कारपियोसहित अवैध काठ बरामद


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

 रौतहट– रौतहटस्थित इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको गस्ती टोलीले अवैध सालको काठ सहितको भारतीय नम्बरको स्कारपियो गाडी बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा डीएसपी राजकुमार राईको कमान्डमा गएको टोलीले बिहीबार राती अढाई बजे चन्द्रपुर ६ बेलडि स्थितमा एच आर १४ सी ८६९७ नम्बरको स्कारपियो गाडीमाथि शंका लागी चेकजाँच गर्दा गाडी भित्र लुकाई छिपाई राखेको सालको ५ थान गोलिया बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन्।

बरामद गरिएको साढे २३ क्युफिट सालको काठ सहित गाडीको  कुल १५ लाख, ५१ हजार,७०० रुपैयाँ मूल्यांकन गरी आवश्यक कारबाहीको लागि शुक्रवार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १२ : २४ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको