रौतहटमा स्कारपियोसहित अवैध काठ बरामद « Khabarhub

रौतहटमा स्कारपियोसहित अवैध काठ बरामद


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

 रौतहट– रौतहटस्थित इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको गस्ती टोलीले अवैध सालको काठ सहितको भारतीय नम्बरको स्कारपियो गाडी बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा डीएसपी राजकुमार राईको कमान्डमा गएको टोलीले बिहीबार राती अढाई बजे चन्द्रपुर ६ बेलडि स्थितमा एच आर १४ सी ८६९७ नम्बरको स्कारपियो गाडीमाथि शंका लागी चेकजाँच गर्दा गाडी भित्र लुकाई छिपाई राखेको सालको ५ थान गोलिया बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन्।

बरामद गरिएको साढे २३ क्युफिट सालको काठ सहित गाडीको  कुल १५ लाख, ५१ हजार,७०० रुपैयाँ मूल्यांकन गरी आवश्यक कारबाहीको लागि शुक्रवार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १२ : २४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको