मन्त्री दाहालले गरे बनेपाको डुबान क्षेत्र अवलोकन « Khabarhub

मन्त्री दाहालले गरे बनेपाको डुबान क्षेत्र अवलोकन


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पुलबजार डुबान क्षेत्रको आज अवलोकन गरेका छन् । उनले स्तरोन्नतिसहित निर्माणाधीन अरनिको राजमार्ग निरीक्षणका क्रममा डुबान क्षेत्रको अवलोकन गरी समस्याबारे स्थानीयसँग जानकारी लिएका हुन् । 

मन्त्री दाहाललाई बनेपा नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जित, सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना कार्यालयका प्रतिनिधिलगायत स्थानीयले वर्षाको समयमा पुण्यमाता खोलाको बाढीका कारण पुग्ने क्षतिबारे जानकारी गराएका थिए ।

गत मंगलबार रातिको वर्षाले पुलबजार क्षेत्रका करिब ४० घर डुबानमा परेका थिए । बस्ती बढ्दा खोला साँघुरिएपछि केही वर्षदेखि उक्त खोलामा आउने बाढीले अरनिको राजमार्गसमेत अवरुद्ध हुँदै आएको छ । 

डुबान क्षेत्र अनुगमनका क्रममा मन्त्री दाहालले सडक डिभिजन कार्यालय भक्तपुरसँग समन्वयगरी डुबानमुक्त हुने तवरले निर्माणमा ध्यान दिइने बताए। 

उनले भने, “यस क्षेत्रलाई डुबानमुक्त बनाउन के गर्न सकिन्छ, सरोकारवाला निकाय र प्राविधिक छलफलगरी अघि बढ्नेछौँ ।” उहाँले यहाँको समस्याबारे स्थानीय तहका जनप्रतिनिधिसँग थप छलफलगरी निकास खोजिने बताए । 

मन्त्री दाहालले निर्माणाधीन अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म दुई चरणमा निर्माण थालिएको उक्त सडक अवलोकन गरेका छन् । मन्त्री दाहालले उक्त सडक विस्तारका क्रममा भएका प्रगति, समस्या तथा आगामी योजनामा सरकारकोतर्फबाट गर्नुपर्ने कार्य विवरणबारे पनि जानकारी लिएका छन् । 

उनलाई सम्बन्धित निकायका प्रतिनिधिले साँगा क्षेत्रको निर्माण र त्यसले पारिरहेको प्रभाव, साँगादेखि बनेपा खण्ड निर्माण र स्थानीयले गरेको अवरोध, मुआब्जा वितरणलगायत सडकका अन्य समस्याका बारेमा जानकारी गराएका थिए ।

अनुगमनका क्रममा मन्त्री दाहालले चालु आवका लागि पुल निर्माण तथा मुआब्जालगायत विषयलाई प्राथमिकतामा राख्दै नागरिकले उठाएका सवाललाई सम्बोधन गरी सडक निर्माण समयमा सम्पन्न गर्न सडक विभाग र आयोजनालाई निर्देशन दिए। 

आयोजनाले पूर्वाधार निर्माणमा ८८ प्रतिशत प्रगति भएको जनाएको छ । आयोजनाका प्रमुख इञ्जिनियर राजेन्द्रप्रसाद दासले स्थानीय तहको समन्वयमा ढल तथा खानेपानीका लाइनको मर्मतसम्भार तथा विस्तार, बिजुलीका खम्बाको विस्तारलगायतका काम भइरहेको जानकारी गराए । 

मन्त्री दाहालले सडक डिभिजन कार्यालय भक्तपुरका प्रतिनिधिसहित स्थानीय जनप्रतिनिधिसँग स्तरोन्नति भइरहेको धुलिखेल–खावा सडकको अवलोकन गरेका छन् । निर्माणाधीन उक्त धुलिखेल-खावा सडकखण्डको समयसीमा गत चैत १९ गते सकिएको थियो । केही महिना समय थपेर पुनःनिर्माण थालिएपछि वर्षाको समयमा हिलोका कारण सवारी साधन आवतजावतमा कठिनाइ हुँदै आएको छ । 

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १२ : ५९ बजे

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक