कुलमानले दोहोर्‍याए- ६० दिनभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन काटिन्छ « Khabarhub

कुलमानले दोहोर्‍याए- ६० दिनभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन काटिन्छ


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ६० दिनभित्रमा बाँकी बक्यौता नतिरे उद्योगहरूको लाइन काट्ने फेरि चेतावनी दिएका छन् ।

शुक्रबार बसेको संघीय संसद्‍को लेखा समिति बैठकमा घिसिङले निश्चित समय दिएर पैसा तिर्ने शर्तमा ६ वटा उद्योगको काटिएको लाइन जोडिएको बताए । उनले अब उनीहरूले पैसा नतिरे फेरि लाइन काटिने प्रष्ट पारेका हुन् ।

‘६० दिनभित्र महसुल नतिरे लाइन कट्नुको विकल्प छैन । लाइन काट्न अवरोध हुँदा बक्यौता बढेको बढ्यै छ । राजस्व उठाएर लगानी गर्ने हो, कर्मचारीलाई बाँड्ने होइन,’ उनले भने, ‘देशका सबै निकायमा निर्णय भइसकेपछि हामी लेखा समितिमा छलफल गरिरहेका छौं, यस विवादलाई चाँडै सल्टाउन पर्छ ।’

प्राधिकरणले बिजुली महसुल विवादमा २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल ६ उद्योगको लाइन काटिदिएको थियो ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लाइन जोड्न निर्देशन दिएका थिए । पैसा नतिरेसम्म लाइन नजोड्ने प्राधिकरणको निर्णय र तत्काल लाइन जोड्न प्रधानमन्त्री निर्देशनले दुईबीच टसल परेको थियो । प्रधानमन्त्रीस्तरबाटै निरन्तर दबाब आएपछि प्राधिकरणले सर्तसहित लाइन जोडिदिएको थियो ।

यता सरकारले प्राधिकरणका सञ्चालक समिति सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाउने गरी स्पष्टीकरण सोधिसकेको छ।

आचार्य र पुनलाई यसअघि नै स्पष्टीकरण सोधेर हटाउने तयारी गरिएको छ । सरकारसँग विवाद बढ्दै गएको अवस्थामा प्रबन्ध निर्देशक घिसिङको पनि पद नरहने सम्भावना बढेको छ । प्रबन्ध निर्देशक घिसिङ र सदस्य पुन नेकपा माअ‍ोवादीनिकट मानिन्छन् । उता आचार्य एकीकृत समाजवादीनिकट हुन् ।

कुलमानले प्रधानमन्त्रीले दिएको निर्देशन नमानेको आरोप छ । मौखिक निर्देशन दिँदा लिखित निर्देशन चाहिने बताएपछि प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ४ : ०४ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान