कुलमानले दोहोर्‍याए- ६० दिनभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन काटिन्छ « Khabarhub

कुलमानले दोहोर्‍याए- ६० दिनभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन काटिन्छ


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ६० दिनभित्रमा बाँकी बक्यौता नतिरे उद्योगहरूको लाइन काट्ने फेरि चेतावनी दिएका छन् ।

शुक्रबार बसेको संघीय संसद्‍को लेखा समिति बैठकमा घिसिङले निश्चित समय दिएर पैसा तिर्ने शर्तमा ६ वटा उद्योगको काटिएको लाइन जोडिएको बताए । उनले अब उनीहरूले पैसा नतिरे फेरि लाइन काटिने प्रष्ट पारेका हुन् ।

‘६० दिनभित्र महसुल नतिरे लाइन कट्नुको विकल्प छैन । लाइन काट्न अवरोध हुँदा बक्यौता बढेको बढ्यै छ । राजस्व उठाएर लगानी गर्ने हो, कर्मचारीलाई बाँड्ने होइन,’ उनले भने, ‘देशका सबै निकायमा निर्णय भइसकेपछि हामी लेखा समितिमा छलफल गरिरहेका छौं, यस विवादलाई चाँडै सल्टाउन पर्छ ।’

प्राधिकरणले बिजुली महसुल विवादमा २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल ६ उद्योगको लाइन काटिदिएको थियो ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लाइन जोड्न निर्देशन दिएका थिए । पैसा नतिरेसम्म लाइन नजोड्ने प्राधिकरणको निर्णय र तत्काल लाइन जोड्न प्रधानमन्त्री निर्देशनले दुईबीच टसल परेको थियो । प्रधानमन्त्रीस्तरबाटै निरन्तर दबाब आएपछि प्राधिकरणले सर्तसहित लाइन जोडिदिएको थियो ।

यता सरकारले प्राधिकरणका सञ्चालक समिति सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाउने गरी स्पष्टीकरण सोधिसकेको छ।

आचार्य र पुनलाई यसअघि नै स्पष्टीकरण सोधेर हटाउने तयारी गरिएको छ । सरकारसँग विवाद बढ्दै गएको अवस्थामा प्रबन्ध निर्देशक घिसिङको पनि पद नरहने सम्भावना बढेको छ । प्रबन्ध निर्देशक घिसिङ र सदस्य पुन नेकपा माअ‍ोवादीनिकट मानिन्छन् । उता आचार्य एकीकृत समाजवादीनिकट हुन् ।

कुलमानले प्रधानमन्त्रीले दिएको निर्देशन नमानेको आरोप छ । मौखिक निर्देशन दिँदा लिखित निर्देशन चाहिने बताएपछि प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ४ : ०४ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६