जापानमा कामको अवसर, भाषा र सीप परीक्षण नोभेम्बरमा « Khabarhub

जापानमा कामको अवसर, भाषा र सीप परीक्षण नोभेम्बरमा


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानमा भवन सरसफाइ तथा व्यवस्थापनको काममा जान चाहने नेपाली कामदारको भाषा र सीप परीक्षण नोभेम्बरको २७ देखि ८ भित्र हुने भएको छ ।

जापानको (एसएसडब्लू) प्रणालीमार्फत जान चाहने कामदारको परीक्षाका लागि तयारीको अवस्था बुझ्न नेपाल आएको टोलीले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग छलफल गर्दै परीक्षाबारे जानकारी गराएको हो ।

जापानमा कामदार पठाउन नेपाल सरकारसँग भएको सम्झौता र कार्यविधिका आधारमा दक्ष जनशक्तिलाई जापान पठाउन लागिएको विभागका महानिर्देशक घिमिरेले बताए ।

छलफलका क्रममा भाषा र सीप परीक्षणका लागि भइरहेको तयारीबारे कुराकानी भएको उनले बताए । उनले जापानमा एउटै कम्पनीमार्फत ३० हजार कामदार लैजान जापानी टोली इच्छुक देखिएको जानकारी दिए ।

भवन सरसफाइ तथा व्यवस्थापनको काममा पहिलो पटक जापानले नेपाली कामदार लैजान लागेको हो । परीक्षाको सम्पूर्ण काम काठमाडौंस्थित पीएनटी ट्रेनिङले व्यवस्थापन गर्ने जापानी टोलीले जनाएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ५ : ४१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया