राज्यमन्त्रीहरूलाई ओलीले भने- गलत मान्छेको संगत नगर्नू, प्रलोभनमा नपर्नू « Khabarhub

राज्यमन्त्रीहरूलाई ओलीले भने- गलत मान्छेको संगत नगर्नू, प्रलोभनमा नपर्नू


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्रीलाई सघाएर परिणाम आउने गरी काम गर्न नवनियुक्त राज्यमन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार नवनियुक्त तीन राज्यमन्त्रीको सपथ ग्रहण समारोहमा बधाई तथा शुभकामना दिँदै ओलीले राज्यमन्त्रीमो मुख्य काम सम्बन्धित मन्त्रीलाई सहयोग गर्ने भएकाले रचनात्मक हुन आग्रह गरे ।

उनले निर्देशनका क्रममा आफ्नो कार्यक्षेत्रको सदुपयोग गर्न पनि सुझाव दिए । प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीहरूले पनि राज्यमन्त्रीलाई आवश्यक जिम्मेवारी दिने र परिणाम निकाल्नेबारे ध्यान दिन आग्रह गरे ।

अहिलेको विषम परिस्थितिलाई अनुकूलतर्फ लैजना आफूहरू प्रयत्नरत रहेको बताउँदै प्रधानमन्त्री ओलीले नवनियुक्त राज्यमन्त्रीलाई गलत मान्छेको संगत र उनीहरूको प्रलोभनमा नपर्न सचेत गराए ।

उनले राज्यमन्त्रीहरूले मन्त्रालयसँग सम्बन्धित सबै विषयमा विस्तृत अध्ययन गरेर सूचनाको भण्डारका रुपमा रहन र मन्त्रीहरूलाई सहयोग गर्न पनि आग्रह गरे।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ५ : ५७ बजे

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

काठमाडौँ– तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस

सप्तकोशीमा जेट बोट दुर्घटना : तीन जनाको मृत्यु

विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको