कर्णालीमा कांग्रेसले पठायो चार मन्त्रीको नाम « Khabarhub

कर्णालीमा कांग्रेसले पठायो चार मन्त्रीको नाम


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कर्णाली– नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी गराउन चार मन्त्रीको नाम सिफारिस गरेको छ ।

दलको आज बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको नाम सिफारिस गर्ने निर्णय गरेको  प्रमुख सचेतक हिक्मतबहादुर विष्टले जानकारी दिए ।

‘दलको बैठकको निर्णयअनुसार सिफारिस भएका चारै जना मन्त्रीको नाम मुख्यमन्त्रीसमक्ष पठाएका छौँ,’ उनले भने, ‘तत्काल नियुक्ति दिएर शपथ ग्रहणका लागि प्रदेश प्रमुखसमक्ष अनुरोध गर्ने काम उहाँले अगाडि बढाउनुहुन्छ । सिफारिस मन्त्रीहरूमा विजया बुढा हुम्ला, राजीवविक्रम शाह जाजरकोट, सुरेश अधिकारी सल्यान र घनश्याम भण्डारी दैलेखबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का चार मन्त्रीले यही साउन ७ गते सरकारबाट समर्थन फिर्ता लिँदै मुख्यमन्त्री कँडेलसमक्ष राजीनामा दिएपछि उक्त मन्त्रालय रिक्त रहेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ६ : १९ बजे

शिक्षामन्त्री पोखरेलसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेट

काठमाडौं– नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन

उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

काठमाडौं- भारतको उत्तरी राज्य उत्तराखण्डमा पाँच तीर्थालुसहित छ जना सवार

काठमाडौँमा कात्तिक १७ देखि चौथो तिहार फ्लोरा एक्स्पो हुने

काठमाडौं– नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै कार्तिक

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय