लक्ष्यभन्दा बढीलाई पोलियो विरुद्धको खोप लगाइयो « Khabarhub

लक्ष्यभन्दा बढीलाई पोलियो विरुद्धको खोप लगाइयो


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यकामा लक्ष्यभन्दा बढी बालबालिकालाई पोलियो रोग विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउन ९ गतेदेखि साउन १५ गतेसम्म सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा बढी खोप लगाएको हो ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले दुई लाख ९७ हजार नौ सय २५ बालबालिकालाई खोप लगाएको जानकारी दिए । उनले १०४ प्रतिशत बालबालिकालाई खोप लगाएको बताए । उपत्यकामा दुई लाख ७९ हजार छ सय ८१ बालबालिकालाई पोलियो रोग विरुद्धको खोप खुवाउने लक्ष्य लिएको थियो ।

उनका अनुसार काठमाडौँ जिल्लामा दुई लाख तीन हजार आठ सय ९८ जना, ललितपुरमा ५२ हजार दुई सय ३२ र भक्तपुरमा ४१ हजार सात सय ९५ जनालाई पोलियो रोग विरुद्धको खोप लगाएका छन् । यस पटक मुखबाट खुवाइने ‘ओपिभि’ खोप खुवाइएको थियो ।

मन्त्रालयले टुकुचा खोला र बागमती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौँ उपत्यकामा खोप अभियान सञ्चालन गरिएको थियो ।

पोलियो खोप जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वमंसेविकाले घरघर पुगेर पोलियो विरुद्धको खोप खुवाएका थिए ।

पोलियो रोग पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो । पोलियो लागेपछि ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकाइ महसुस गर्ने र रोग गम्भीर हुन थाल्यो भने पक्षघात हुने र मृत्युसम्म हुने गर्दछ । पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।

सन् २०१४ पोलियो मुक्त भएको नेपाल सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने सरकारको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ७ : ०६ बजे

चौबिस दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान