दुई दिनको समय दिएर सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान « Khabarhub

दुई दिनको समय दिएर सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि दुई दिनको समय दिएका छन् ।

प्रदेश प्रमुख मियाँले आइतबार साँझ ५ बजेसम्मका लागि समय दिएर नयाँ सरकार गठन गर्न आह्वान गरेका प्रवक्ता दीर्घराज भट्टले जानकारी दिए ।

मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रबार राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरिएको हो ।

नेकपा एमालेसँगको सहमतिअनुसार सुदूरमा नेपाली कांग्रेसले मुख्यमन्त्री पद लिने छ । त्यहाँ पूर्वमुख्यमन्त्री कमल शाह र सांसद प्रकाश देउवासहितका नेताहरू मुख्यमन्त्रीको दौडमा छन् ।

मुख्यमन्त्री सोडारीले शुक्रबार बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

विश्वासको मत लिन डाकिएको बैठकमा सोडारीले सम्बोधन गरेर राजीनामा दिएका हुन् । नेकपा एमालेले असार २० गते सरकारलाई दिएको विश्वास फिर्ता लिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

५३ सदस्यीय प्रदेशसभामा विश्वासको निम्ति कम्तीमा २७ जनाको समर्थन चाहिन्छ । तर, मुख्यमन्त्रीको पक्षमा आफ्नो दल नेकपा एकीकृत समाजवादीका चार र माओवादी केन्द्रका १० गरेर १४ जनाको समर्थन थियो । त्यहीकारण सोडारीले संसद्मा बोलेर राजीनामा दिएका हुन् ।

उनको विपक्षमा कांग्रेसका १८ र एमालेका ११ गरेर २९ जना प्रदेशसभा सदस्य थिए । सोडारी गत वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तत्कालीन केन्द्रीय सत्ता समीकरणअनुरूप नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रञ्जिता श्रेष्ठ चौधरी पक्ष र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त सोडारीले ३ महिना पुग्दानपुग्दै पदबाट राजीनामा दिनुपरेको हो ।

५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठन वा कायमका लागि कम्तीमा २७ सांसदको आवश्यकता पर्छ । त्यसबेला मुख्यमन्त्री सोडारीको पक्षमा ठ्याक्कै २७ सांसद थिए ।

उनको दल एकीकृत समाजवादीका ४ सहित माओवादी केन्द्र र एमाले १०-१०, नाउपाका २ र स्वतन्त्र सांसद डा. तारा जोशीको समर्थन पाएका थिए । तर, केन्द्रमा सत्ता समीकरण फेरिएपछि सरकार ढल्यो ।

सुदूरपश्चिम सरकारले असार १ गते सार्वजनिक गरेको बजेट पारित हुन सकेको छैन । साउन १ गतेदेखि प्रदेश सरकार बजेट होलिडे रहेको सरकारी खर्च ठप्प छ । एमालेले छाडेपछि अल्पमतमा पर्दा सोडारीले बजेट पास गर्न सकेनन् ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ७ : ५० बजे

वीरगञ्ज नाकाबाट सात महिनामा झण्डै छ खर्बको आयात

वीरगञ्ज – चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै

स्वास्थ्य क्षेत्रमा कार्की आयोगको चासो- ‘विशिष्ट व्यक्तिको उपचारमा राज्यकोषको दुरुपयोग रोकौं’

जेन–जी आन्दोलन सम्बन्धी छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाह नेपालको नयाँ

भीरबाट लडेर वडासदस्यको मृत्यु

गोदावरी– चुरे गाउँपालिका–५ भासु गाउँमा भीरबाट लडेर वडासदस्यको मृत्यु भएको

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी– मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ