प्रधानमन्त्रीले मागे पोखरा र गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको योजना « Khabarhub

प्रधानमन्त्रीले मागे पोखरा र गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको योजना


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सम्बन्धित मन्त्रालयसँग स्पष्ट योजना मागेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्बन्धित मन्त्री, सचिव र उच्चाधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान र यात्रुको चापलाई व्यवस्थित गर्न ती दुई नयाँ विमानस्थल पूर्ण सञ्चालनका लागि विद्यमान समस्या, समाधानका उपाय ल्याउन निर्देशन गरेका हुन् ।

छलफलमा प्रधानमन्त्री ओलीले निर्माण भएको लामो समयसम्म दुई विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएर घाटा बेहोर्नु परेको तथा काठमाडौं विमानस्थलको क्षमताभन्दा बढी भएको विषयलाई गम्भीर रुपमा लिँदै त्यसका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले दुवै विमानस्थल प्रभावकारीरुपमा सञ्चालनका लागि अध्यागमनलगायत अन्य सुविधा सञ्चालन गर्न, इन्धन भण्डारण विमानस्थल नजिक राख्न लागिएको भए अन्यत्र सार्न, हवाइ इन्धनको मूल्य घटाउन, मूल्य अभिवृद्धि कर र पर्यटन कर नलिने व्यवस्था गर्न, ग्राउण्ड ह्याण्डलिङ सेवा नियमअनुसार जुन निकायले पाउनुपर्ने हो त्यही निकायलाई दिन भनेका छन् ।

छलफलपछि आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सम्बन्धित सबै मन्त्रालयका सहसचिवहरु रहने कार्यदललाई विमानस्थल सञ्चालनको योजना ल्याउन जिम्मेवारी दिइएको छ ।

्छलफलमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, श्रम तथा रोजगारमन्त्री शरत्सिंह भण्डारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकार मुख्यसचिव लीलादेवी गड्तौला, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलगायत सहभागी थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ७ : ५८ बजे

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

गलकोट– जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न भ्याइनभ्याइ

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर– कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि स्वास्थ्य

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् । सभाको

गरिबी भन्ने ३० वर्षे प्याराडाइमलाई हामीले तोड्न खोजेको हो : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गरिबी भन्ने ३० वर्षे प्याराडाइमलाई

सेयरमा पुँजीगत लाभकरको व्यवस्था फाइनल नै हो : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट भाषणको क्रममा व्यवस्था गरिएको