राज्यमन्त्री चौधरीले गरे पदभार ग्रहण, पहिलो निर्णय लुम्बिनी विकास कोषबारे | Khabarhub Khabarhub

राज्यमन्त्री चौधरीले गरे पदभार ग्रहण, पहिलो निर्णय लुम्बिनी विकास कोषबारे


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चौधरीसहित ३ जना राज्यमन्त्री नियुक्त गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिएसँगै चौधरीले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।  पदभार ग्रहण गरेसँगै राज्यमन्त्री चौधरीले लुम्बिनी विकास कोष ऐन २०४२ लाई परिमार्जित गर्न समिति गठन गर्ने निर्णय गरेका छन् ।

देशकै पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको लुम्बिनी विकास कोषलाई व्यवस्थित र प्रभावकारी बनाउन ऐन परिमार्जित गर्नुपर्ने भएकाले समिति गठन गरेर अघि तत्काल आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरिएको राज्यमन्त्रीको सचिवालयले जनाएको छ ।

को हुन् राज्यमन्त्री चौधरी ? 

नवनियुक्त राज्यमन्त्री चौधरी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली क्षेत्र नं.२ बाट निर्वाचित सांसद हुन् । उनले नेकपा एमालेका  झपट बहादुर रावललाई ५ हजार ७४३ मतान्तरले पराजित गरेका थिए ।

२२ वर्षको उमेरमा २०६२/०६३ को जनआन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका उनी सुदुरपश्चिममा चर्चित छन् ।

उनी २०७४ सालमा कैलालीकै लम्किचुहा नगरपालिकाको मेयरको उम्मेदवार भए । तर, जनप्रतिनिधि बन्न पुग्ने जनमत पाउन सकेनन् । करिब ५ सय मतान्तरले उनले चुनाव हारे । हारलाई पनि सफलता मान्ने गरेका चौधरी पुनः २०७४ सालमै प्रदेशसभा सदस्य पदको पनि उम्मेदवार बने । त्यस पटक पनि निर्वाचित हुन सकेनन् ।

`हारजित मेरो लागि ठुलो कुरा होइन, थिएन । त्यसैले म कलेज पढ्ने उमेरदेखि मेरो पुर्ख्यौली, पारिवारिक पेसा र व्यवसायलाई पाखा लगाउँदै मेरो समाज र देशका लागि केही गर्छु भनेर २०६२/०६२ को आन्दोलन देखि नै लागेको मान्छे हुँ’, उनले भने, ‘आन्दोलन भनेको जनआन्दोलन मात्रै हैन, म मेरो समाज परिवर्तन गर्ने, विकास गर्ने र संवृद्ध बनाउने आन्दोलनमा अत्यन्तै सङ्घर्षरत यात्रा निरन्तर गर्दै आएको मान्छे हुँ । अन्ततः मेरो जनताप्रतिको इमान्दारीता र समाजप्रतिको  जिम्मेवारी वहन गर्ने शैलीलाई अनुमोदन गरेर नागरिकहरूले यहाँसम्म ल्याउनु भएको छ ।´

समाज परिवर्तनको आफ्नो आन्दोलन मृत्युपर्यन्त रहने उनी बताउँछन् ।

`मेरो  लागि मन्त्री बन्नु ठुलो कुरा होइन । तर, हिजो आमनागरिक भएर, एउटा अभियन्ता भएर, एउटा राजनीतिज्ञ हुँदै सांसद भएर पनि जनताकै मनोभावना, चाहाना र आकाङ्क्षा सँगसँगै राज्यको समग्र विकास र आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर आफ्नो ठाउँबाट काम गरिरहेको मान्छे हुँ´, उनी भन्छन्, `अब मन्त्रीको कुर्सीमा बसेर मैले मेरो अधिकार र प्रचलित  कानुन अनुसार सम्बन्धित सबैसँग सकारात्मक कामका लागि हातेमालो गर्दै  इमानपूर्वक  जनताको पक्षमा काम गर्नेछु ।´

-न्युजकारखानाबाट

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ८ : ०७ बजे

सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीनबाट स्वदेश फर्किएका छन्

हवाई भाडा महँगो नलिन अमेरिकाबाटै प्रधानमन्त्रीको आग्रह

काठमाडौं– अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई भाडा

नवलपरासीको बाढी प्रभावित क्षेत्रमा पुगे विनोद चौधरी

परासी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरी

बाढीपहिरोबाट १५ जलविद्युत आयोजनामा दुई अर्ब रुपैयाँ बढी क्षति

काठमाडौं – बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण चलेको बाढीपहिरोबाट

पहिरोमा परेका साथी बचाउन जाँदा कर्णेल केसीले गुमाए ज्यान

काठमाडौं- साथीलाई बचाउन जाँदा नेपाली सेनाका एकजना कर्णेलले ज्यान गुमाएका