मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्नुपर्छः मन्त्री खड्का « Khabarhub

मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्नुपर्छः मन्त्री खड्का


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन् ।

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको स्वागतमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खड्काले सरकार सञ्चालनको दायित्वसँगै जनतालाई अनुभूत हुनेगरी काम गर्नुपर्ने बताए ।

“मुलुकको आर्थिक विकास ऊर्जा र सिँचाइ क्षेत्रबाट सम्भव छ, त्यसको विकासका लागि सबै मिलेर अगाडि बढ्नुपर्छ,” उनले भने। जिम्मेवारी हेरफेर हुँदैमा कर्मचारीले कुनै चिन्ता लिनुपर्ने कारण नभएको उनको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले दुई ठूला राजनीतिक दल मिलेर स्थायी सरकार बनेकाले अव जनताले परिवर्तन भएको अनुभूती लिनेगरी काम गर्नुपर्ने उल्लेख गरे । उनले मुलुकको आवश्यकतालाई विश्लेषण गरेर अगाडि बढ्नुपर्ने बताए।

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले ऊर्जा र सिँचाइ क्षेत्रको विकासका लागि योजना बनाएर अगाडि बढ्नुपर्ने बताए । उनले वर्षायाम सुरु भएकाले देशैभर बाढी र पहिरो जाने भएकाले त्यसको अध्ययन आवश्यक रहेको उल्लेख गरे ।

“हामी मुलुक कसरी बनाउन सकिन्छ, त्यसतर्फ लागौँ, ऊर्जा र सिँचाइ क्षेत्रको विकास नै हाम्रो मुख्य प्राथमिकता हो,” उनले भने। जनतालाई बचाउन सकेमात्र देश बच्ने उनको भनाइ थियो ।

मन्त्रालयका सचिवद्वय गोपालप्रसाद सिग्देल र सरिता दवाडीले मुलुकलाई समृद्ध हासिल गर्ने क्षेत्र ऊर्जा र सिँचाइ भएकाले यसको विकासमा लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ८ : ४९ बजे

चालीस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री-वितरण नगर्न विभागको निर्देशन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य

निर्वाचन आउन ५५ दिन बाँकी : १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौं– निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २५ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २५ गते शुक्रबार तदनुसार

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय