चीनमा पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो « Khabarhub

चीनमा पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – दुई साताअघिको भीषण वर्षापछि उत्तरी चीनको राजमार्ग पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३८ पुगेको छ भने २४ जना अझै बेपत्ता भएका छन् ।

उक्त पुल जुलाई १९ मा उत्तरी प्रान्त शान्क्सीको शाङ्लुओमा जुलाई १९ मा ‘अचानक आएको मुसलधारे पानी र बाढीका कारण’ आंशिक रूपमा भत्किएको राज्यको समाचार एजेन्सी सिन्ह्वाले त्यसबेला जनाएको थियो ।

यो पुलको तीन लेनको खण्ड नदीमा खस्दा कार र ट्रकहरू बगेको सीसीटीभीले देखाएको छ । सिन्ह्वाका अनुसार शुक्रबार अधिकारीहरूले मृतकको सङ्ख्या १२ बाट बढाएर ३८ पुर्याएका छन् । चौबिस जना अझै बेपत्ता छन् ।

सिसिटिभीको रिपोर्टअनुसार पुल भत्किँदा २५ वटा सवारीसाधन बगेका छन् । चीनको पूर्व र दक्षिणमा भारी वर्षा भइरहेको छ भने उत्तरको अधिकांश भाग लगातार गर्मीको लहरमा डुबेको छ ।

मे महिनामा दक्षिणी चीनको एउटा राजमार्ग केही दिनको वर्षापछि भासिँदा ४८ जनाको मृत्यु भएको थियो । यस हप्ताको भारी वर्षाले मध्य चीनमा पनि कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ९ : ३३ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १