सहारा दिने श्रीमती नै थलापरेपछि न्यून दृष्टियुक्त वली समस्यामा « Khabarhub

सहारा दिने श्रीमती नै थलापरेपछि न्यून दृष्टियुक्त वली समस्यामा


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

दाङ – सल्यान श्रीनगर घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका–१६ भलै निवासी लालबहादुर वलीको जनयुद्धमा दुईवटै आँखा गुमे । विसं २०६० तिर प्रहरीले करेन्ट लगाउँदा उनले आँखा गुमाउनु परेको थियो ।

वलीले साहाराका लागि २०६२ सालमा सल्यान छत्रेश्वरी गाउँपालिका–१ दमाचौरकी शान्तासँग बिहे गरे । शान्ता पनि वलीसँग बिहे गर्न तयार भइन् । दुःखसुख गरेर दिनचर्या चलेकै थियो तर एक महिनाअघिदेखि श्रीमती शान्ता पनि बिरामी भइन् । सहारा दिने श्रीमती नै थला परेपछि वली परिवार अचेल निकै समस्यामा छ ।

पेटको क्यान्सरका कारण थला परेकी शान्ताको हाल सुशील कोइराला मेमोरियल अस्पताल खजुरामा उपचार भइरहेको छ तर आर्थिक अभाव हुँदा उपचारमा नै समस्या भएको लालबहादुरले बताए । श्रीमती नै बिरामी परेपछि घरमा १७ वर्षीय छोरा र आफू साहाराविहीन भएको उनको दुःखेसो छ ।

वली परिवारको अवस्था नजिकबाट बुझ्नुभएकी स्थानीय बालिका बुढाथोकीले आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको जानकारी दिए । “लालबहादुरका दुवै आँखा गुमेपछि सहाराका लागि बिहे गर्नुभएको थियो, अहिले श्रीमती नै बिरामी पर्दा उहाँहरू बेसहारा हुनुभएको छ”, बुढाथोकीले भने ।

उनकानुसार अहिलेसम्म उपचारमा करिब रु १२ लाख खर्च भइसकेको छ, अझै रु १८ लाख खर्च हुने चिकित्सकले अनुमान गरेका छन् । सोहीअनुसार रकम जम्मा गर्न भने पनि वली परिवारसँग कुनै विकल्प छैन । “एक महिनाअघि श्रीमतीमा क्यान्सर भएको पत्ता लाग्यो, श्रीमान्को २०६० सालमै आँखा गुमिसकेका छन् । आम्दानीको कुनै स्रोत नभएपछि उहाँहरू समस्यामा हुनुहुन्छ । हामीले उहाँको उपचारमा सहयोगका लागि सबैलाई अनुरोध गरिरहेका छौँ”, उनले सुनाए ।

आफूले काम गर्न नसक्ने र आर्थिक आम्दानीको कुनै स्रोत नभएकाले उपचारमा निकै असहज भएको श्रीमान लालबहादुरले बताए । “पहिले मलाई स्याहार गरिन्, दुःखमा साथ दिइन् । परिवारको सहारा श्रीमती नै थला परेपछि अहिले हातमुख जोर्न पनि समस्या छ । भएको जायजेथा बेचेर, ऋण काँडेर भए पनि अहिलेसम्म रु १२ लाखजति खर्च भइसक्यो तर सञ्चो भएको छैन । आर्थिक अवस्थाले थप उपचार गर्नसक्ने अवस्था छैन”, उनले दुखेसो व्यक्त गरे।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १० : ३८ बजे

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय