मन्त्रालय फुटाएपछि गण्डकी सरकारमा एमाले सहभागी, मनाङे र देवकोटा यथावत | Khabarhub Khabarhub

मन्त्रालय फुटाएपछि गण्डकी सरकारमा एमाले सहभागी, मनाङे र देवकोटा यथावत


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेश सरकारमा नेकपा एमालेबाट चारजना सहभागी भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार दुईवटा मन्त्रालय फुटाएपछि सोमबार एमालेबाट चारजनाले मन्त्री पदको शपथ लिएका हुन् ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट सोमबार ती चार मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

एमालेबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश केसी , उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी र स्वास्थ्य मन्त्री कृष्ण पाठकले शपथ लिए ।

कृषिमन्त्री बनेकी जिसी नवलपुर २ (१) की सांसद हुन् । उनी २०४८ देखि राजनीतिमा सक्रिय छिन् । अर्कातिर पर्वत (२) बाट निर्वाचित बस्याल एमालेका पाका नेतामा पर्छन् ।

उता बागलुङका पाठक समानुपातिक सांसद हुन् । मसालबाट राजनीति यात्रा थालेका उनी २०४१ पछि माले हुँदै एमालेमा सक्रिय छन् । केसी राष्ट्रिय प्रजातन्त्र पार्टीमा राजनीति गरेर २०४७ सालमा एमाले बनेका थिए।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुईवटा मन्त्रालय फुटाएर ७ बाट ९ बनाउने निर्णय गरेको हो । यसअघि गण्डकीमा ७ वटा मन्त्रालय थिए ।

मु‍ख्यमन्त्री पाण्डेले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएका थिए ।

गण्डकीमा सत्तासाझेदार दल एमालेले चार मन्त्रालय खोजेपछि तनाव भएको थियो । मन्त्रालय बाँडफाँटमा कुरा नमिलेपछि सरकारमा नगएको एमालेलाई मनाउन मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ४ वटा दिएका हुन् ।

मनाङे र देवकोटा यथावत

यसैबीच मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई सरकारमा यथावत राखेका छन् ।

उनको यो अडानले गण्डकीमा बिच्किएको एमालेलाई उसले भनेको संख्यामा मन्त्रालय दिएर देवकोटाले दुवैजनालाई राख्न सफल भएका हुन् ।

एमालेले देवकोटा र गुरुङलाई मन्त्री बनाउँदा कांग्रेसकै कोटा दिन भनेको थियो । तर पाण्डेले दुई मन्त्रालय फुटाएर एकातिर एमालेलाई मनाएका छन् भने अर्कातिर मनाङे र देवकोटालाई पनि साथमै राख्न सफल भएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  २ : ३३ बजे

उत्तर कोरियाद्वारा दक्षिण कोरियासँग जोडिएका सडक तथा रेलमार्ग बन्द

एजेन्सी– उत्तर कोरियाले बुधवारदेखि दक्षिण कोरियासँग जोडिएको सडक र रेलमार्ग

ऊर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण

काठमाडौं– ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

पाकिस्तानमा भएको आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी

वरिष्ठ गीतकार विश्व बल्लभको निधन

काठमाडौं– वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा निधन भएको

राष्ट्रपतिबाट नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको