१२७ अंकले बढ्यो नेप्से, १३ अर्ब १० करोडको कारोबार « Khabarhub

१२७ अंकले बढ्यो नेप्से, १३ अर्ब १० करोडको कारोबार


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातार घटिरहेको शेयर बजार सोमबार भारी अंकले बढेको छ । शेयर बजार बढेसँगै कारोबार रकममा पनि बढेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२७.३२ अंकले बढेको छ ।

आज नेप्से ४.७२ प्रतिशतले बढेर २८२३.२५ विन्दुमा पुगेको छ । आज शेयर बजार बढ्दा २३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर भएको छैन ।

सोमबार प्रि ओपन सेसनमा २ अंकले बढेर सूरु भएको शेयर बाजर खुलेको केही समयमै माथि गएको थियो । तर केही माथि जान खोजे पनि १४ मिनेट पछि भने बजार तल झरेको थियो । ११ः२३ बाट माथि उक्लेको बजार चितमा ३ पटक झिनो करेक्सन आए पनि समग्रमा बजार निरन्तर उकालो लागेको थियो । बजार बन्द हुँदा नेप्से १२७ अंकले बढेर बन्द भयो ।

आज शेयरमा उछाल आएसँगै कारोबार पनि १३ अर्ब १० करोड ४६ लाख ३१ हजार रुपैयाँ पुगेको छ । आज एकै दिन ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर किनबेच भएको छ ।

नेप्से बढेसँगै सेन्सेटिभ इन्डेक्स २२.९४ अंकले, फ्लोट इन्डेक्स ९.०२ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ८.१८ अंकले बढेको छ ।

आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी फाइनान्स समूहको शेयर ७.९४ प्रतिशतले बढेर ३७०९.७५ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम बढ्नेमा म्यूचुअल फण्ड समूह कम्पनीको शेयर ०.८४ प्रतिशतले बढेर २२.३४ विन्दुमा पुगेको छ ।

त्यस्तै आज वाणिज्य बैंक ४.७३ प्रतिशतले, विकास बैंक ४.९९ प्रतिशतले, हाइड्रो ५.३६ प्रतिशतले, होटल एण्ड टुरिजम ४.९२ प्रतिशतले, लगानी ५.४५ प्रतिशतले, जीवन बीमा ४.६९ प्रतिशतले, उत्पादन तथा प्रशोधन ३.३३ प्रतिशतले, लघुवित्त ३.३३ प्रतिशतले, निर्जीवन बीमा ४.८१ प्रतिशतले, अन्य समूह ४.१४ प्रतिशतले र टेड्रिङ समूह २.८५ प्रतिशतले बढेको छ ।

आज ३३५ वटा कम्पनीको शेयर १ लाख ६० हजार ५७९ पटक किनबेच भएको छ । आज १७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थप १७ वटा कम्पनीको शेयर मूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ३ : ३० बजे

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम– आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२–८३ मा

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका