सञ्चारमन्त्री भन्छन्- प्रहरी प्रमुखको जिब्रो थुत्नुपर्छ भन्दा मलाई चर्को पर्‍यो, पाठ सिकेँ « Khabarhub

सञ्चारमन्त्री भन्छन्- प्रहरी प्रमुखको जिब्रो थुत्नुपर्छ भन्दा मलाई चर्को पर्‍यो, पाठ सिकेँ


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी प्रमुखको जिब्रो थुत्नुपर्ने भन्दै दिएको विवादास्पद अभिव्यक्तिबाट आफूले पाठ सिकेको बताएका छन् ।

प्रेस चौतारी नेपाल गण्डकीले पोखरामा गरेको पत्रकार सम्मेलनमा संघीय प्रहरी ऐन कार्यान्वयनमा प्रहरी प्रमुखले असहयोग गरेको आरोप लगाउँदै बोलेको उक्त कुराबाट आफूले सिकेको गुरुङले बताएका हुन् ।

सोमबार राष्ट्रिय समाचार समितिको नेपाली भाषाको २४ घण्टे समाचार सेवा प्रारम्भ गर्दै मन्त्री गुरुङले प्रहरी प्रमुखहरूले राष्ट्रिय सुरक्षाको कारण प्रहरी समायोजन हुन सक्दैन भनी विदेशीसमेत सहभागी कार्यक्रममा भनेको विषयलाई लिएर आफूले उनीहरूको त्यसै समय जिब्रो थुत्नु पर्थ्यो भनेको सुनाए ।

‘यसले अहिले तरङ्ग पैदा भएर चर्को भएको छ’, गुरुङले अगाडि भने, ‘यस विषयमा मलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सचेत गराउनु भएको छ। यसबाट मैले बोल्ने कुरामा सचेत हुनु पर्छ भन्ने पाठ सिकेको छु ।’

प्रधानमन्त्रीले छोटो बोल्न र भाषाको प्रयोग गर्दा ध्यान दिन आफूलाई सुझाव दिको बताउँदै गुरुङ अब त्यसै गरेर अघि बढ्ने बताए ।

के भनेका थिए ?

मन्त्री गुरुङले आइतबार संघीय प्रहरी ऐनको विरोध गर्ने त्यही क्षेत्रका मानिसहरू धेरै भएको दाबी गर्दै प्रहरी प्रमुखकारे विवादित टिप्पणी गरेका थिए ।

‘अस्ति प्रहरीको आईजीपीले के भन्यो? म लागू नै गर्दिनँ हुँ गर्छ । त्यस्तो बोल्न पाउने कि नपाउने ? त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरि’, उनले भनेका थिए ।

यसअघि मन्त्री गुरुङले सञ्चार क्षेत्रमा व्यापक भ्रष्टाचार रहेको बताएका थिए । तर उनले भ्रष्टाचार कसले कहाँ गरेको भनेर पुष्टि गरेका छैनन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले प्रहरी प्रमुखबारे दिएको अभिव्यक्तिले तरंग ल्याएका बेला सच्चिएर अघि बढ्ने बताएका हुन् ।

गुरुङको उक्त भनाइले संघीय प्रहरी ऐन कार्यान्वयमा आईजीपी वसन्तबहादुर कुँवरले सरकारलाई नटेरेको पुष्टि हुन्थ्यो । देशको सुरक्षा अंगका प्रमुखबारे दिएको उक्त अभिव्यक्तिलाई आफूले सच्याएको पनि गुरुङले बताए ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ४ : ०५ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी

नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारीमा (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ–धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको