एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष पाण्डे र राजदूत डिपेग्नीबीच भेटवार्ता « Khabarhub

एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष पाण्डे र राजदूत डिपेग्नीबीच भेटवार्ता


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र क्युबाली कार्यवाहक राजदूत अवेल अवेली डिपेग्नीबीच भेटवार्ता भएको छ ।

सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा दुईबीच भेटवार्ता भएको हो । उक्त भेटमा २०२२ देखि अमेरिकाले क्युबालाई आतंककारी देशको सूचीमा राखेको राजदूत अवेलीले जानकारी गराए ।

राजदूत अवेलीले क्युबाका जनता असाध्यै कष्ट र संघर्षमा बाँचिरहेका बताए । उनले क्युबाको वर्तमान अवस्थाबारे जानकारी गराउँदै नेपालले क्वीवाको पक्षमा बोल्न अनुरोध गरे । उनले अमेरिकाले घोषणा गरेको आतंककारी मुलुकको सूचीबाट हटाउनका निमित्त ऐक्यबद्धता जनाउन एकीकृत समाजवादीलाई अनुरोध गरेका छन् ।

एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष पाण्डेले राजदूत अवेलीको प्रस्तावलाई गम्भीर रूपमा लिएको बताए । पाण्डेले आफूहरू क्युबाली जनताको स्वतन्त्रता, सार्वभौमिकता पक्षमा रहेको बताए ।

साथै, पाण्डेले अमेरिकाले क्युबालाई आतंकारी देशको सूचीमा राख्नु बेठिक रहेको बताए । अमेरिकी सरकारसँग क्युबालाई आतंकारी देशको सूचीमा नराख्न अपिल गरेका छन् ।

उनले भने, ‘हाम्रो पार्टी क्वीवाली जनताको पक्षमा छ। त्यहाँको क्यम्युनिष्ट पार्टीसँग राम्रो सम्बन्ध राख्न, थप घनिष्ठ सम्बन्ध राख्न चाहन्छ। हामी क्युबाको क्रान्तिकारी इतिहासप्रति गर्व गर्छौं। शक्तिशाली देश अमेरिकाको नजिकै रहेको समाजवादी देश क्युबाले साम्राज्यवादी विरुद्ध दृढतापूर्वक शीर ठाडो पारेर लडिरहेकोप्रति गर्व गर्छौँ।’

राजदूत अवेलीले क्युबाली जनताको एकता, साम्राज्यवादप्रतिको घृणा र क्युबाली नेताहरूको कुशल नेतृत्वका कारण अमेरिकासँग नझुकीकन निरन्तर भिडिरहेको बताए । क्युबाले लामो समयदेखि नाकाबन्दीको सामना गरिरहेको छ। भेटमा पार्टीका नवनिर्वाचित उपाध्यक्ष जगन्नाथ खतिवडा, पोलिटब्युरो सदस्य सुदेश पराजुली, केन्द्रीय सदस्य माधव पन्तलगायतका नेताहरूको सह

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ६ : ०८ बजे

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्