एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष पाण्डे र राजदूत डिपेग्नीबीच भेटवार्ता | Khabarhub Khabarhub

एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष पाण्डे र राजदूत डिपेग्नीबीच भेटवार्ता


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र क्युबाली कार्यवाहक राजदूत अवेल अवेली डिपेग्नीबीच भेटवार्ता भएको छ ।

सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा दुईबीच भेटवार्ता भएको हो । उक्त भेटमा २०२२ देखि अमेरिकाले क्युबालाई आतंककारी देशको सूचीमा राखेको राजदूत अवेलीले जानकारी गराए ।

राजदूत अवेलीले क्युबाका जनता असाध्यै कष्ट र संघर्षमा बाँचिरहेका बताए । उनले क्युबाको वर्तमान अवस्थाबारे जानकारी गराउँदै नेपालले क्वीवाको पक्षमा बोल्न अनुरोध गरे । उनले अमेरिकाले घोषणा गरेको आतंककारी मुलुकको सूचीबाट हटाउनका निमित्त ऐक्यबद्धता जनाउन एकीकृत समाजवादीलाई अनुरोध गरेका छन् ।

एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष पाण्डेले राजदूत अवेलीको प्रस्तावलाई गम्भीर रूपमा लिएको बताए । पाण्डेले आफूहरू क्युबाली जनताको स्वतन्त्रता, सार्वभौमिकता पक्षमा रहेको बताए ।

साथै, पाण्डेले अमेरिकाले क्युबालाई आतंकारी देशको सूचीमा राख्नु बेठिक रहेको बताए । अमेरिकी सरकारसँग क्युबालाई आतंकारी देशको सूचीमा नराख्न अपिल गरेका छन् ।

उनले भने, ‘हाम्रो पार्टी क्वीवाली जनताको पक्षमा छ। त्यहाँको क्यम्युनिष्ट पार्टीसँग राम्रो सम्बन्ध राख्न, थप घनिष्ठ सम्बन्ध राख्न चाहन्छ। हामी क्युबाको क्रान्तिकारी इतिहासप्रति गर्व गर्छौं। शक्तिशाली देश अमेरिकाको नजिकै रहेको समाजवादी देश क्युबाले साम्राज्यवादी विरुद्ध दृढतापूर्वक शीर ठाडो पारेर लडिरहेकोप्रति गर्व गर्छौँ।’

राजदूत अवेलीले क्युबाली जनताको एकता, साम्राज्यवादप्रतिको घृणा र क्युबाली नेताहरूको कुशल नेतृत्वका कारण अमेरिकासँग नझुकीकन निरन्तर भिडिरहेको बताए । क्युबाले लामो समयदेखि नाकाबन्दीको सामना गरिरहेको छ। भेटमा पार्टीका नवनिर्वाचित उपाध्यक्ष जगन्नाथ खतिवडा, पोलिटब्युरो सदस्य सुदेश पराजुली, केन्द्रीय सदस्य माधव पन्तलगायतका नेताहरूको सह

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ६ : ०८ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले