पक्की भवन सर्ने तरखरमा गौरीशंकर गाउँपालिका « Khabarhub

पक्की भवन सर्ने तरखरमा गौरीशंकर गाउँपालिका


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको गौरीशंकर गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनको निर्माण कार्य सकिएसँगै गाउँपालिकाले पक्की भवनमा सर्ने तयारी थालेको छ।

गत आर्थिक वर्षमै पक्की भवन सर्ने भनिए पनि केन्द्र सरकारले स्थानीय पूर्वाधार विकास मार्फतको ६० प्रतिशत रकम भुक्तानी दिन ढिलाइ गर्दा गाउँपालिकाले भवन निर्माण कार्य रोकिएको थियो।

पछि ढिलो गरी उक्त रकम आएसँगै आउँदो असोज भित्रै कार्यालयका कामकाज तथा सेवा नवनिर्मित पक्की भवनबाट दिने गरी तयारी थालेको गौरीशंकर गाउँपालिकाका इन्जिनियर सुबोध कुमार चापागाईँले बताए ।

गत आर्थिक वर्षको जेठमै उक्त भवनमा सर्ने भनिए पनि केही प्राविधिक समस्या र निर्माण कम्पनीलाई सम्झौताअनुसारको भुक्तानी दिन नसक्दा पक्की भवनबाट सेवा प्रवाह गर्न ढिलाइ भएको इन्जिनियर चापागाईँले बताए।

अहिले उक्त भवनको काम सकिए पनि आवश्यक फिनिसिङ तथा कारर्पेटिङ विस्तारको काम भइरहेकाले सकेसम्म असोज दोस्रो साता भित्र अस्थायी कार्यालय छोडेर कार्यालयले नवनिर्मित आर.सीसी भवनबाट सेवा सुरु गर्ने उनले बताए ।

उक्त भवन निर्माण गर्न संघीय सरकारको स्थानीय पूर्वाधार विकास अन्तर्गत ६० प्रतिशत तथा गाउँपालिकाको ४० प्रतिशत अनुदानमा ३ आर्थिक वर्ष लगाएर भवन निर्माण गरिएको गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले जानकारी दिए ।

भवनको रंगरोगन, बिजुलीको लाइन विस्तार, फर्निचर, ट्वाइलेटलगायतको फिनिसिङको काम सकिएर अहिले कोठामा कार्पेटिङको काम भइरहेको उनले बताए ।

गाउँपालिकाले तिनतलाको भवन निर्माण गर्न प्याकेज/प्याकेजमा गरी तीन चरणमा दुई करोड ५८ लाखमा ठेक्का लगाएको थियो । पालिकाको ४०प्रतिशत तथा संघीय सरकारको ६० प्रतिशत लागतमा निर्मित उक्त भवन बैठक हलसहित पालिकाका सम्पूर्ण शाखाका कामकाज सोही भवन बाट सञ्चालन गरिने छ।

पालिकाले तेस्रो प्याकेजको काम ८० लाख रुपैयाँमा ठेक्का मार्फत सम्पन्न गरेको जनाएको छ। यता गाउँपालिकाले निर्माण हुन बाकी रहेका दुई वटा वडाको भवन निर्माण गर्न पनि यस आवमा बजेट विनियोजन गरेको छ ।

पालिकाले यस आर्थिक वर्षमा वडा नम्बर–२ र ९ को वडा कार्यालय भवन निर्माण गर्न बजेट विनियोजन गरेको इन्जिनियर चापागाईँले बताए।

पालिकाले यस वर्ष पूर्वाधार विकास,स्वास्थ्य,शिक्षा,कृषि तथा खानेपानी र रोजगार क्षेत्रलाई प्राथमिकतामा राखेर दुई सय १६ वटा योजना तथा कार्यक्रममा बजेट विनियोजन गरेको छ।

– सुबास बस्नेत

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ६ : ३६ बजे

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय