अफगानिस्तानको तामा खानी उत्खनन गर्दै चिनियाँ कम्पनी « Khabarhub

अफगानिस्तानको तामा खानी उत्खनन गर्दै चिनियाँ कम्पनी


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन वर्षअघि अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे पनि उक्त सरकारले हालसम्म एउटा पनि मुलुकबाट कूटनीतिक मान्यता पाएको छैन । विश्व बैंकको तथ्यांकअनुसार पछिल्ला दुई वर्षयता त्यहाँको वास्तविक अर्थतन्त्र २६ प्रतिशतले संकुचित भएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध शून्य रहेका कारण त्यहाँ आर्थिक र मानवीय संकट बढ्दै गएको छ । यस्तो अवस्थामा तालिबानलेमेस आयनक क्षेत्रमा रहेको तामा खानीको उत्खननमा जोड दिइरहेको छ ।

सो खानीको उत्खननका लागि तत्कालीन अफगान सरकारले चीनको राज्य सञ्चालित चाइना मेटलजिकल कप्र्ससँग सन् २००८ मा ३ अर्ब अमेरिकी डलर बराबरको सम्झौता गरेको थियो । केही समयअघि उक्त चिनियाँ कम्पनीले त्यहाँबाट उत्खनन सुरु गरेको छ । यद्यपि सो क्षेत्रबाट वास्तविक तामाप्राप्त गर्न भने अझै दुई वर्ष लाग्ने अपेक्षा गरिएको छ ।

४ अर्ब ४० करोड टन तामाको धाउ रहेको विश्वास गरिने सो खानीको उत्खनन हुन सके आर्थिक एवम् कूटनीतिक संकटबाट तालिबानले समाधान पाउने विश्वास गरिएको निक्कै एशियाले जनाएको छ । राजधानी काबुलबाट ४० किलोमिटर दक्षिणमा पर्ने लोगर प्रान्तमा रहेको सो खानी ऐतिहासिक रेशम मार्गमा अवस्थित छ ।

त्यहाँ प्राचीन बौद्ध मठका २० भन्दा धेरै पुरातात्त्विक अवशेष र १हजारभन्दा धेरै ऐतिहासिक प्रतिमा समेत रहेको बताइन्छ ।

अफगानिस्तानको खनिज तथा पेट्रोलियम मन्त्रालयका अनुसार त्यहाँ अझै पुरानो कांस्य युगका संरचना समेत भेटिएको दाबी गरिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ६ : ४२ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी

नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारीमा (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ–धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको