नागरिकता पाएपछि प्रधानमन्त्रीलाई भेट्न पुगे प्रकाश « Khabarhub

नागरिकता पाएपछि प्रधानमन्त्रीलाई भेट्न पुगे प्रकाश


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’मार्फत चर्चामा आएका प्रकाश तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार साँझ प्रकाशसँग भेटवार्ता भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । नेपाली नागरिकता पाएलगत्तै काठमाडौं आएका प्रकाशले बालुवाटार पुगेर ओलीलाई भेटेका हुन् । भेटमा प्रकाशले प्रधानमन्त्रीलाई आफ्नो नागरिकता समेत देखाएका थिए ।

प्रकाशसँगको भेटपछि प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्, ‘प्रकाश तामाङ नागरिकता बनाएर आज साँझ भेट्न आउनुभयो । नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ। खुसी लाग्यो।’

करिब ३५ वर्ष अगाडी बाल्यकालमा नै काठमाडौंको जोरपाटीबाट हराएका प्रकाशकाे ‘हेर्ने कथा’मार्फत भोजपुरमा रहेका परिवारसँग भेट भएकाे थियाे । उनलाई हेर्ने कथाकाे टाेलीले गोरखाको चुमभ्यालीमा भेटाएको थियो ।

 

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ११ : १८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले