आज २०८१ साल असोज १६ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज १६ गते बुधबारको राशिफल


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज १६ गते बुधबार तदनुसार सन् २०२४ अक्टोबर २ तारिख। असोज कृष्ण पक्षको औंसी तिथि। औंसी श्राद्ध। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : शुभकार्यमा अवरोध हुनेछ। व्यापारमा घाटा र मन अशान्त हुनेछ। राजनीतिक संगठनमा समस्या हुनसक्छ। न्यायको पक्षमा गरेको प्रयास सफल हुनेछ। शिक्षाको लगानीमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध शान्त बन्नेछ।

वृष : शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। यो क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ। परिवारले साथ दिनेछन्। तपाईंलाई ग्रहले साथ दिएका छन्। बिहानै गणेशको पूजा गरेमा दिन सहज बन्नेछ।

मिथुन : कार्यशैलीकै कारण मन अशान्त बन्नेछ। साना कुराले सताउने छ। इष्टदेवको सेवा गरेर अगाडि बढेमा मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्धमा सचेत बन्नु राम्रो हुनेछ।

कर्कट : शुभग्रहको बहुमत भएकाले काम बन्नेछ। धार्मिक अभियान्तासँगको भेटले मनमा उत्साह बढ्नेछ। शान्ति र सम्पत्तिले साथ दिनेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : मन अशान्त बन्नेछ। शंका गर्नेको संख्या बढ्नेछ। साथी र राजनीतिक संगठनको बलमा काम सफल बन्नेछन्। परिवारमा संवेदनशील अवस्था बाहेक थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ।

कन्या : दैनिकी राम्रो छ। सोह्र श्राद्धको अन्तिम दिन भएकाले विधिवत पितृको विर्सजन गरेमा दिन सहज बन्नेछ। लगानीको क्षेत्रबाट नाफा र उत्साह थपिनेछ। सम्पत्ति र खर्च बराबर हुनेछ।

तुला : नसोचेको क्षति हुनसक्छ। राज्यको विसंगतिले दुःखी बनाउने देखिन्छ। बिहान गणेशको स्मण गर्ने बानीले दिन शान्त बन्ला। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : समय सापेक्ष हुन नसक्दा विवादमा अल्झने दिन छ। बिहान गणेशको पूजा गरेमा मन शान्त बन्नेछ। आफन्तबाट धन आर्जन हुने योग रहेको छ। गणेशलाई दुबो चढाउँदा फाइदा हुनेछ।

धनु : राम्रो कामको सुरुवात हुनेछ। गुम्न लागेको धन हात लाग्नेछ। परिवारको तर्फबाट सकारात्मक काममा सहयोग मिल्नेछ। दिन शान्त र सहजै बित्ने देखिन्छ।

मकर : धर्मस्थानमा अनुकुल ग्रह बसेका छन्। पितृले आर्शिवाद दिने दिन छ। राज्य र साथीबाट साथ र सहयोग रहने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। भ्रमणको अवसर जुट्नेछ।

कुम्भ : अचानक रोग देखिने छ। मनमा रोग बढ्नेछ। मध्य साढेसातको सामना गर्नुपर्ने भएकाले पितृको आर्शिवाद लिएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। यसले दिन शान्त र परिवारमा मेलमिलाप हुनेछ।

मीन : भाग्य चम्किने दिन छ। आफू शान्त बन्न सके सबै काम बन्नेछन्। राज्य र समाजको सेवामा अवसर मिल्नेछन्। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ खर्च कटौती गर्न सके दिन रमाइलोसँग बित्नेछ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ४ : ५३ बजे

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?

विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को

नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर प्रमुखलाई आग्रह

ललितपुर – ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनलाई दुई कार्यकालको अनुभवका आधारमा