नौ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक, कुन महिनामा कति ? « Khabarhub

नौ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक, कुन महिनामा कति ?


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बारसम्म आठ लाख १६ हजार तीन सय ३९ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा सन् २०२३ को तुलनामा छ प्रतिशत र सन् २०१९ को तुलनामा चार प्रतिशतले पर्यटक आगमन बढेको छ ।

अगष्ट महिनाको तुलनामा सेप्टेम्बारमा भारतबाट नेपाल आउने पर्यटक घटेका छन्भने चीनबाट आउने बढेका छन् । अमेरिकी र युरोपियन मुलुकबाट आउने पर्यटक भने बढेका उनले बताए। 

सेप्टेम्बारमा भारतबाट २२ हजार नौ सय ८४ र अगष्टमा २५ हजार आठ सय ३२ पर्यटक नेपाल आएका छन् । चीनबाट सेप्टेम्बारमा आठ हजार ४२ र अगष्टमा छ हजार छ सय १४ पर्यटक आएका निर्देशक लामिछानेले जानकारी दिए।

मनसुनका कारण भारतींकाबाट सेप्टेम्बरमा चार हजार नौ सय १५ र अगष्टमा चार हजार आठ सय ५१ पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुसार गत अगष्टमा मात्र ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका थिए । सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार १२, सन् २०२२ को सोही अवधिमा ५८ हजार तीन सय १४, सन् २०२१ को सेप्टेम्बारमा नौ हजार नौ सय सात र सन् २०१९ मा ९२ जार छ सय चार पर्यटकले नेपाल भ्रमण गरेका बोर्डले जनाएको छ ।

मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार एक सय ६७ र सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६, सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच, जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  २ : १८ बजे

ट्रम्प र सीबीच टेलिफोन वार्ता

काठमाडौं – चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

नायिका गरिमा शर्मा अमेरिकामा, नेपालमा इन्गेजमेन्टको हल्ला चलेपछि गरिन् खण्डन

काठमाडौं- नेपाली कलाकारहरूबारे विभिन्न हल्लाहरु समयसमयमा आइरहन्छन्। कलाकार विभिन्न हल्लाको

जेनजी आन्दोलनमा प्रहरी कार्यलयबाट लुटिएका हतियारसहित कांग्रेस नेता लिङ्देनका छोरा पक्राउ

काठमाडौं – जेनजी आन्दोलनका क्रममा कामठाडौं प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित

टीओबी समूहका ५६ सदस्य नेपाली, तेन्जिन मात्र तिब्बतसँग जोडिए

काठमाडौं- गत भदौ २४ गतेको जेन–जी प्रदर्शनमा वातावरण भड्काएको आरोप

विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर

जनकपुर – जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज पाँचौं