माडीका गाईमा ‘क्यू फिवर’ देखियो  « Khabarhub

माडीका गाईमा ‘क्यू फिवर’ देखियो 


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चितवन– माडी नगरपालिकामा पालिएको गाईमा ‘क्यू फिवर’ पुष्टि भएको छ । मानिसबाट पशुमा र पशुबाट मानिसमा सर्ने यो रोग माडी–४ मा पुष्टि भएको हो ।

नगरपालिकाका पशु शाखा प्रमुख डा. रविन बस्ताकोटीका अनुसार केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा गाईमा क्यू फिवर पुष्टि भएको हो । 

कक्जियाला वोर्नेटाई नामक व्याक्टेरियाका कारण यो रोग लाग्ने उनले बताए। चार महिनाको गाई गर्भावस्थामा बिरामी परेर उपचारका क्रममा तुहिएपछि रोग पहिचानको काम गरिएको थियो । 

उनले भने, ‘परीक्षणका लागि सालको टुक्रालाई प्रयोगशालामा पठाइएको थियो ।’ पिसिआर विधिबाट परीक्षण गरी रोग पहिचान गरिएको उनले बताए।

जिल्लामा पहिलो पटक यो रोग देखिएको बस्ताकोटीले जानकारी दिए। 

उनले भने, ‘जिल्लामा पहिलो पटक यो रोग देखिएको हो, यो रोग देखिए तीन हप्तादेखि तीन महिनासम्म औषधि चलाउनुपर्ने हुन्छ ।’ 

यो रोग लागेका पशु चौपायामा ज्वरो आउने, खाना नखाने लक्षण देखापर्छ । सन् १९३५ मा यो रोग अष्ट्रेलियामा पुष्टि भएको थियो । यो रोग लागेका पशुलाई टोकेका किर्नाले मान्छेमा टोकेमा, काँचो दूधको सेवन वा काँचो मासुको प्रयोग गर्नाले मानिसमा पनि सर्ने गर्दछ । यो रोग लागेका मानिसमा ज्वरो अउने, छाती दुख्ने, निमोनिया हुने र हेपाटाइटिससम्म हुने बस्ताकोटीले जानकारी दिए ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  २ : ४९ बजे

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय

वैदेशिक रोजगार ठगी नियन्त्रणमा विभागको सक्रियता, फरार आरोपितलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ– वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएर पनि हालसम्म