शेयर बजारमा २६ अंकको गिरावट, कारोबार ६ अर्ब ७७ करोड बढी  « Khabarhub

शेयर बजारमा २६ अंकको गिरावट, कारोबार ६ अर्ब ७७ करोड बढी 


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । मंगलबार ११४ अंकले बढेको शेयर बजार आज भने २६.०७ अंकले घटेको हो । आज नेप्से ०.९९ प्रतिशतले घटेर २५९७.४९ विन्दुमा आएको छ । 

आज ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर दिनभरमा कारोबार भएको छ । 

 ५४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

प्रि–ओपन सेसनमा ६ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमा माथि गएको थियो । तर केही बेरमै बजार घटेर लत गएको थियो । ९ पटकसम्म बजारले तल माथि गरेको थियो । दिनभरमा ३ पटक बाहेक नेप्सेमा हरियाली देख्न समेत पाइएन । 

आज नेप्से परिसूचक न्यूनतम २५८६ विन्दु र उच्चतम् २६४३ बिन्दुसम्म पुगेको थियो ।  ३१० वटा कम्पनीको शेयर कारोबार भएको थियो । मंगलबार ८२ हजार ४४४ पटक शेयर किनबेच भएको थियो । 

फाइनान्स बाहेक सबै समूह राताम्य देखिएको छ । फाइनान्स समूह १.७५ प्रतिशतले बढेर ३ हजार १५६ विन्दुमा पुगेको छ । सबैभन्दा बढी निर्जीवन बीमा १.८२ प्रतिशतले घटेर १२ हजार ८२०.६४ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम अन्य समूह ०.०३ प्रतिशतले घटेर २ हजार ४.९४ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक ०.७१ प्रतिशतले, विकास बैंक १.३८ प्रतिशतले, होटल एण्ड टुरिजम १.७९ प्रतिशतले, हाइड्रोपावर १.७४ प्रतिशतले, लगानी १.५२ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.७९ प्रतिशतले, जीवन बीमा ०.४० प्रतिशतले, लघुवित्त १.१२ प्रतिशतले, म्युचुअल फण्ड ०.४१ प्रतिशतले र ट्रेडिङ समूह १.१८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ३ : १५ बजे

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस