शेयर बजारमा २६ अंकको गिरावट, कारोबार ६ अर्ब ७७ करोड बढी  « Khabarhub

शेयर बजारमा २६ अंकको गिरावट, कारोबार ६ अर्ब ७७ करोड बढी 


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । मंगलबार ११४ अंकले बढेको शेयर बजार आज भने २६.०७ अंकले घटेको हो । आज नेप्से ०.९९ प्रतिशतले घटेर २५९७.४९ विन्दुमा आएको छ । 

आज ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर दिनभरमा कारोबार भएको छ । 

 ५४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

प्रि–ओपन सेसनमा ६ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमा माथि गएको थियो । तर केही बेरमै बजार घटेर लत गएको थियो । ९ पटकसम्म बजारले तल माथि गरेको थियो । दिनभरमा ३ पटक बाहेक नेप्सेमा हरियाली देख्न समेत पाइएन । 

आज नेप्से परिसूचक न्यूनतम २५८६ विन्दु र उच्चतम् २६४३ बिन्दुसम्म पुगेको थियो ।  ३१० वटा कम्पनीको शेयर कारोबार भएको थियो । मंगलबार ८२ हजार ४४४ पटक शेयर किनबेच भएको थियो । 

फाइनान्स बाहेक सबै समूह राताम्य देखिएको छ । फाइनान्स समूह १.७५ प्रतिशतले बढेर ३ हजार १५६ विन्दुमा पुगेको छ । सबैभन्दा बढी निर्जीवन बीमा १.८२ प्रतिशतले घटेर १२ हजार ८२०.६४ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम अन्य समूह ०.०३ प्रतिशतले घटेर २ हजार ४.९४ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक ०.७१ प्रतिशतले, विकास बैंक १.३८ प्रतिशतले, होटल एण्ड टुरिजम १.७९ प्रतिशतले, हाइड्रोपावर १.७४ प्रतिशतले, लगानी १.५२ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.७९ प्रतिशतले, जीवन बीमा ०.४० प्रतिशतले, लघुवित्त १.१२ प्रतिशतले, म्युचुअल फण्ड ०.४१ प्रतिशतले र ट्रेडिङ समूह १.१८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ३ : १५ बजे

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

चितवन– फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको