दीपेन्द्र ऐरीको छलाङ : अलराउन्डर वरीयताको दोस्रो स्थानमा उक्लिए « Khabarhub

दीपेन्द्र ऐरीको छलाङ : अलराउन्डर वरीयताको दोस्रो स्थानमा उक्लिए


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टी-२० अलराउन्डरतर्फ कीर्तिमानी वरीयता कायम गरेका छन् ।

क्यानडामा जारी त्रिकोणीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि उनले आईसीसी वरीयतामा पनि व्यापक सुधार गरेका छन् ।

आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयताअनुसार चार स्थान सुधार गर्दै ऐरी दोस्रो स्थानमा उक्लिएका छन् ।

आईसीसी वरीयतामा कुनै पनि नेपाली खेलाडीले प्राप्त गरेको यो सबैभन्दा उत्कृष्ट वरीयता हो ।

यो क्याटागोरीमा इङ्ग्ल्यान्डका लियम लिङ्गुस्टन पहिलो नम्बरमा छन् । ऐरीको २३० अंक छ भने लियमको २५३ अंक छ । दीपेन्द्रले अस्ट्रेलियाका मार्कोस स्टोइनसलगायतलाई पछि पारेका हुन् ।

चौथो स्थानमा जिम्बाबेका सिकन्दर राजा, पाँचौं स्थानमा श्री लंकाका वानिन्दु हसरंगा , छैटौ स्थानमा अफगानिस्तानका मोहमद नवि, सातौं स्थानमा भारतका हार्दिक पाण्डेय रहेका छन् ।

यस सूचीमा नेपालका कुशल मल्ल ६ स्थान तल झर्दै ४०औं स्थानमा पुगेका छन् ।

त्यस्तै नेपालका गुलशन झाले अलराउण्डरको वरीयतामा ११ स्थान सुधार गर्दै ५३औँ स्थानमा उक्लिएका छन् । त्यस्तै नेपालका कप्तान रोहित पौडेल पनि ५३औँ स्थानमै छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ३ : ५३ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित