दीपेन्द्र ऐरीको छलाङ : अलराउन्डर वरीयताको दोस्रो स्थानमा उक्लिए « Khabarhub

दीपेन्द्र ऐरीको छलाङ : अलराउन्डर वरीयताको दोस्रो स्थानमा उक्लिए


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टी-२० अलराउन्डरतर्फ कीर्तिमानी वरीयता कायम गरेका छन् ।

क्यानडामा जारी त्रिकोणीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि उनले आईसीसी वरीयतामा पनि व्यापक सुधार गरेका छन् ।

आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयताअनुसार चार स्थान सुधार गर्दै ऐरी दोस्रो स्थानमा उक्लिएका छन् ।

आईसीसी वरीयतामा कुनै पनि नेपाली खेलाडीले प्राप्त गरेको यो सबैभन्दा उत्कृष्ट वरीयता हो ।

यो क्याटागोरीमा इङ्ग्ल्यान्डका लियम लिङ्गुस्टन पहिलो नम्बरमा छन् । ऐरीको २३० अंक छ भने लियमको २५३ अंक छ । दीपेन्द्रले अस्ट्रेलियाका मार्कोस स्टोइनसलगायतलाई पछि पारेका हुन् ।

चौथो स्थानमा जिम्बाबेका सिकन्दर राजा, पाँचौं स्थानमा श्री लंकाका वानिन्दु हसरंगा , छैटौ स्थानमा अफगानिस्तानका मोहमद नवि, सातौं स्थानमा भारतका हार्दिक पाण्डेय रहेका छन् ।

यस सूचीमा नेपालका कुशल मल्ल ६ स्थान तल झर्दै ४०औं स्थानमा पुगेका छन् ।

त्यस्तै नेपालका गुलशन झाले अलराउण्डरको वरीयतामा ११ स्थान सुधार गर्दै ५३औँ स्थानमा उक्लिएका छन् । त्यस्तै नेपालका कप्तान रोहित पौडेल पनि ५३औँ स्थानमै छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ३ : ५३ बजे

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा