बाढीपहिरोबाट भएको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त « Khabarhub

बाढीपहिरोबाट भएको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं साउदी अरेबियाका राजा सल्मान तथा प्रधानमन्त्रीसमेत रहेका साउदी राजकुमार मोहम्मद बिन सल्मान बिन अब्दुलाजिज अल साउदले नेपालमा वर्षाको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेललाई पठाएको अलग–अलग दुई सन्देशमा नेपालले पुनःनिर्माणलाई तीव्र रुपमा अघि बढाउने विश्वास व्यक्त गर्दै साउदी अरबले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको सन्देशमा उल्लेख छ ।

यसैबीच, नेपालस्थित साउदी राजदूतावासले प्रकाशन गरेको सन्देशमा बाढीपहिरोमा परी कयौँ व्यक्तिको मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको उपचार तथा उद्धार र राहतमा नेपाल सरकार र जनताप्रति साउदी अरबको ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गरिएको छ । 

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ४ : ३६ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले