फेसबुकले अचानक देखाउन छाड्यो नेता र सेलिब्रिटीका फलोअर « Khabarhub

फेसबुकले अचानक देखाउन छाड्यो नेता र सेलिब्रिटीका फलोअर


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वचर्चित सामाजिक सञ्जाल फेसबुकले सेलिब्रिटी, संस्था र कार्यालयहरूका फलोअर लुकाएको छ । फेसबुक पेजबाट फलोअरको सङ्ख्या देखाउने अप्सन गायब भएपछि प्रयोगकर्ताले अनेक शंका र प्रश्न गर्न थालेका छन् ।

बुधबार बिहानदेखि नेपाल मात्रै होइन विश्वभर नै फेसबुक पेजको सुरुमै देखिने फलोअरको सङ्ख्या हेर्ने अप्सन हराएको हो । नेपालबाट हेर्दा राजनीतिज्ञ, कलाकार र कार्यालयसहित सबैको फेसबुक पेजबाट फलोअर देखाउने स्थान गायब भएको छ।

तर फेसबुकको सर्च बारमा गएर कुनै नेता या सेलिब्रिटीको नाम टाइप गरेर सम्बन्धित प्रोफाइलमा नछिर्दा भने फलोअरको संख्या हेर्न सकिन्छ ।

पछिल्लो समय नेपालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुक पेजमा फलो गर्नेको संख्या उछिनपाछिन भइरहेको थियो ।

प्रविधिसम्बद्धहरूले भने यसलाई फेसबुकको ‘ग्लिच’ भएको हुन सक्ने आशंका गरेका छन् । तर, ओलीका भन्दा प्रचण्डका धेरै फलोअर बढाउने अभियान चलाएकाहरूले भने यो सरकारको कदम भएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरूले प्रचण्डले फलोअरमा ओलीलाई उछिनेसँगै सरकारले फेसबुकका प्रतिनिधिलाई निर्देशन दिएर हटाउन लगाएको चर्चासमेत सामाजिक सञ्जालमा चलाएका छन् ।

अहिले प्रधानमन्त्री ओलीलाई फेसबुक पेजमा फलो गर्नेको संख्या ६ लाख १० हजार छ । उता प्रचण्डलाई पछ्याउनेको संख्या भने ६ लाख १८ हजार पुगिसकेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ५ : १७ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले