फेसबुकले अचानक देखाउन छाड्यो नेता र सेलिब्रिटीका फलोअर | Khabarhub Khabarhub

फेसबुकले अचानक देखाउन छाड्यो नेता र सेलिब्रिटीका फलोअर


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वचर्चित सामाजिक सञ्जाल फेसबुकले सेलिब्रिटी, संस्था र कार्यालयहरूका फलोअर लुकाएको छ । फेसबुक पेजबाट फलोअरको सङ्ख्या देखाउने अप्सन गायब भएपछि प्रयोगकर्ताले अनेक शंका र प्रश्न गर्न थालेका छन् ।

बुधबार बिहानदेखि नेपाल मात्रै होइन विश्वभर नै फेसबुक पेजको सुरुमै देखिने फलोअरको सङ्ख्या हेर्ने अप्सन हराएको हो । नेपालबाट हेर्दा राजनीतिज्ञ, कलाकार र कार्यालयसहित सबैको फेसबुक पेजबाट फलोअर देखाउने स्थान गायब भएको छ।

तर फेसबुकको सर्च बारमा गएर कुनै नेता या सेलिब्रिटीको नाम टाइप गरेर सम्बन्धित प्रोफाइलमा नछिर्दा भने फलोअरको संख्या हेर्न सकिन्छ ।

पछिल्लो समय नेपालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुक पेजमा फलो गर्नेको संख्या उछिनपाछिन भइरहेको थियो ।

प्रविधिसम्बद्धहरूले भने यसलाई फेसबुकको ‘ग्लिच’ भएको हुन सक्ने आशंका गरेका छन् । तर, ओलीका भन्दा प्रचण्डका धेरै फलोअर बढाउने अभियान चलाएकाहरूले भने यो सरकारको कदम भएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरूले प्रचण्डले फलोअरमा ओलीलाई उछिनेसँगै सरकारले फेसबुकका प्रतिनिधिलाई निर्देशन दिएर हटाउन लगाएको चर्चासमेत सामाजिक सञ्जालमा चलाएका छन् ।

अहिले प्रधानमन्त्री ओलीलाई फेसबुक पेजमा फलो गर्नेको संख्या ६ लाख १० हजार छ । उता प्रचण्डलाई पछ्याउनेको संख्या भने ६ लाख १८ हजार पुगिसकेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ५ : १७ बजे

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने