राउत प्रधानन्यायाधीश पक्का, संसदीय समितिबाट अनुमोदन | Khabarhub Khabarhub

राउत प्रधानन्यायाधीश पक्का, संसदीय समितिबाट अनुमोदन


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।

संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेका राउतबारे बुधबार संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेको थियो।

सुनुवाइ सकिएसँगै संसदीय समितिले भावी प्रधानन्यायाधीशमा राउत नाम अनुमोदन गरेको हो ।

राउतविरूद्ध समितिमा विभिन्न व्यक्तिले ६ वटा उजुरी हालेका थिए । संसदीय सुनुवाइ समितिले राउतविरूद्ध १० दिनको समयसहित उजुरी मागेको थिए ।

उनीविरुद्ध श्रीमती ललितालाई झगडिया बनाएकोदेखि नेपाली कांग्रेसप्रति झुकाव राखेर हत्या अभियुक्तलाई साधारण तारेखमा छाडेकोसम्म उजुरी थिए।

चितवन निवासी एकजना महिलाले जग्गासम्बन्धी विवादमा राउतको फैसलाले आफूलाई बिल्लीबाठ पारेको गुनासोसहित समितिमा उजुरी दिएकी थिइन् ।

२०७९ मंसिर ६ गतेको निर्वाचनका दिन बाजुरामा कांग्रेस कार्यकर्ताद्वारा हत्या गरिएका चेतन अयडीका बुवा गगन अयडीले राउत कांग्रेसप्रति बफादार बनेर फैसला दिएको उजुरी दिएका थिए । उनले न्यायाधीश राउत कांग्रेसको कार्यकर्ता जस्तै रहेको भन्दै अनुमोदन नगर्न भनेका थिए।

राउतले बुधबार भएको सुनुवाइका क्रममा सबै आरोपको खण्डन गरेका थिए । उनले न्यायालय सुधारका योजनासहित उनले २४ बुँदामा कार्ययोजना पेश गरेका थिए । मुद्दाको सुनुवाइदेखि फैसला कार्यान्वयनसम्म सवाल समेटेर सुनुवाइ समितिमा पेश गरेको योजनामा सन्तुष्टि जनाउँदै समितिले उनको नाम अनुमोदन गरेको हो ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ५ : ३२ बजे

स्याङ्जाका चन्द्र गुरुङलाई गुरुङ पोसाक फोटो प्रतियोगिताको उपाधि

मलेखु– नेपालका गुरुङ समुदायको राष्ट्रिय पोसाक फोटो प्रतियोगिता ‘गुरुङ ड्रेस

‘नेपाली कला, संस्कृति संरक्षण गर्न जागरूक हुनुपर्छ’

काठमाडौं – उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले पुर्खाले

किसानको श्रममा त्रिपुरासुन्दरीको काँध : गुन्द्रकदेखि दुनाटपरासम्म गाउँमै खरिद

आफूले तिरेको तिरो आफ्नै घरगाउँको विकास निर्माणमा खर्च गर्ने राजनीतिक

‘शेरा दरबारको जग्गा पार्टी छाडेकाले कब्जा गरे, माओवादीलाई नजोड्नू’

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा

सहकारी विकास बोर्ड खारेज, १४ कर्मचारीको सामायोजन प्राधिकरणमा

काठमाडौं- सरकारले सहकारीसम्बन्धी अध्यादेश जारी गरेसँगै राष्ट्रिय सहकारी विकास बोर्ड