कांग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन « Khabarhub

कांग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूका महाधिवेशन सम्पन्न गर्नका लागि ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको छ । 

कांग्रेसले नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने गरी ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको हो । 

तीन वटै भ्रातृ संस्थाहरूका तदर्थ समितिलाई समन्वय र सहयोग पुर्‍याई आवश्यक निर्देशनसमेत गर्न सभापति शेरबहादुर देउवाले पार्टी विधानको धारा २५ (९) बमोजिम ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको कांग्रेसले जनाएको छ । 

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २३ को निर्णयअनुसार महिला सङ्घ, तरुण दल र नेविसङ्घले आगामी चैत मसान्तसम्ममा अनिवार्य रुपमा महाधिवेशन सम्पन्न गरिसक्नु पर्ने कार्यवाहक मुख्य सचिव डा. प्रदिप पराजुलीले जानकारी दिए । 

सभापति देउवाले उपसभापति उमाकान्त चौधरीलाई महिला सङ्घको महाधिवेशनका लागि ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ संयोजक तोकेका छन् । समितिमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र रुक्मिणी कोइराला सदस्य छन् । 

यस्तै सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ को संयोजकत्वमा तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरिएको छ । उपाध्याय नेतृत्वको समितिमा केन्द्रीय सदस्यद्वय सरिता प्रसाईं र जीतजंग बस्नेत सदस्य छन् । 

सभापति देउवाले सहमहामन्त्री किशोरसिंह राठौरको संयोजकत्वमा नेविसंघ महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेका छन् । उनको समितिमा केन्द्रीयहरू राजिव ढुंगाना र प्रतिमा गौतमलाई सदस्यको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ६ : ०५ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले