समाचार

मूल्य नियन्त्रण गर्न सरकारसँग कांग्रेसको माग

By खबरहब

October 02, 2024

काठमाडौं– नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले तत्काल मूल्य नियन्त्रण गरेर नागरिकको जीवनलाई सहज बनाउन सरकारसँग माग गरेको छ । 

केन्द्रीय सदस्य गुरु बराल प्रमुख रहेको उपभोक्ता विभागले बुधबार वक्तव्य जारी गरेर सरकारलाई मूल्य नियन्त्रण गरेर नागरिकको जीवन सहज बनाउन माग गरेको हो । 

नागरिकको जीवन सहज बनाउने र सुशासनको अनुभूति गराउने सरकारको दायित्व भएको विभागले स्मरण गराएको छ । 

विभागले निजी क्षेत्रका वायु सेवा कम्पनीहरूले साविकको मूल्यभन्दा दोब्बर–तेब्बर भाडा लिएको भन्दै आपत्ति जनाएको छ ।