नेता-कार्यकर्तालाई निर्देशन दिँदै रविले भने- दु:खका बेला सरकारको विरोध गरेर हुँदैन | Khabarhub Khabarhub

नेता-कार्यकर्तालाई निर्देशन दिँदै रविले भने- दु:खका बेला सरकारको विरोध गरेर हुँदैन


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाढीपीडितको उद्दार र राहत लगाएतका काममा थप क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

बुधबार पार्टी कार्यालय बनस्थलीमा नेता तथा कार्यकर्ताहरूसँग सामूहिक छलफल गर्दै लामिछानले प्रचारका लागि नभई वास्तविक रुपमै पीडितलाई सहयोग गर्ने गरि उद्धार र राहतका काममा क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।

राजनीतिक आग्रह–पूर्वाग्रहबाट टाढा रहेर नागरिकको सेवामा लाग्नुपर्ने उनको भनाइ छ ।

प्राकृतिक प्रकोपका घटना भइसकेपछि आफूले राज्यका निकायसँग जानकारी लिन खोज्दा विवरण नपाएको गुनासो उनले गरे ।

प्रतिपक्षीमा बसेर सरकारको विरोध गर्ने मात्रै नभई दु:खको अवस्थामा सरकारलाई सघाउने काम सबैको भएको धारणा उनले राखे ।

लामिछानले रास्वपाले गर्ने कामले तीनै तहको सरकारको सहयोगी भएर नागरिकको घर सडकमा जाने जिकिर गरेका छन् ।

उनले चाडपर्वका बेला नागरिकलाई कुनै किसिमको समस्या हुन नदिन नागरिकलाई महसुस हुने गरि पार्टीले काम गर्ने बताए ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ६ : ३९ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति