आउँदो ४ महिनामा ७ युद्धपोत र एउटा पनडुब्बी थप्ने भारतीय नौसेनाको योजना « Khabarhub

आउँदो ४ महिनामा ७ युद्धपोत र एउटा पनडुब्बी थप्ने भारतीय नौसेनाको योजना


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय नौसेनाले आगामी ४ महिनामा थप ७ युद्धपोत र एक पनडुब्बी तैनाथ गर्ने भएको छ । हिन्द महासागर क्षेत्रमा भारतले बढ्दो सुरक्षा चुनौतीको सामना गरिरहेका बेला नौसेनाले थप युद्धपोत र पनडुब्बी तैनाथ गर्न लागेको हो ।

ती युद्धपोतमध्ये भीशाखा पट्नम क्लासको ‘डिस्ट्रयर’आईएनएस सुरत सबैभन्दा घातक रहेको इण्डिया डिफेन्सरिसर्च विङले जनाएको छ । यो युद्धपोतले आगामी डिसेम्बर महिनादेखि नौसेनामा सेवा थाल्ने अपेक्षा गरिएको छ ।

आईएनएस सुरतमा ब्रम्होस सुपरसोनिक क्रुज मिसाइल, जमिनबाट आकाशमा मार हान्न सक्ने बरक ८ क्षेप्यास्त्र र अत्याधुनिक सोनार प्रविधि जडान गरिएको छ । अत्याधुनिक हतियारले भरिपूर्ण यस युद्धपोतले आक्रामक र रक्षात्मक कारवाही गर्ने क्षमता राख्ने विश्वास गरिएको छ ।

त्यसबाहेक आउँदो महिनामा नौसेनामा आईएनएस भगशीर नामक पनडुब्बी पनि तैनाथ हुनेछ । यो भारतीय नौसेनामा सेवागर्ने कालभेरी क्लासको छैटौँ पनडुब्बी हुनेछ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ६ : ४४ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको