अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव अनुमोदित « Khabarhub

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव अनुमोदित


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादव अनुमोदित भएकी छन् ।

संसदीय सुनुवाइ समितिमा बुधबार बसेको बैठकले उनको नाम अनुमोदन गरेको हो । उनले  बुधबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।

नेपालको जलस्रोतको विकासमा अष्ट्रेलियाको लगानी भित्र्याउन सकिने उनले आफ्नो योजना प्रस्तुत गरेकी थिइन् ।

पूर्वउपसभामुख यादवलाई गत २४ भदौमा सरकारले अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले कांग्रेसकी नेतृ समेत रहेकी यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

यसअघि अस्ट्रेलियाका लागि सिफारिस भएकी कांग्रेसकी नेतृ कान्ता रिजालको नाम विवादका कारण काटिएको थिए । उनको स्थानमा यादवको सिफारिस भएर राजदूत हुने भएकी हुन्।

सरकारले १८ देशका राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै आलोचना भएको थियो । यस्तो मधेशी महिलाबाट यादव राजदूत भएकी हुन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : १६ बजे

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम