काठमाडौं- अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादव अनुमोदित भएकी छन् ।
संसदीय सुनुवाइ समितिमा बुधबार बसेको बैठकले उनको नाम अनुमोदन गरेको हो । उनले बुधबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।
नेपालको जलस्रोतको विकासमा अष्ट्रेलियाको लगानी भित्र्याउन सकिने उनले आफ्नो योजना प्रस्तुत गरेकी थिइन् ।
पूर्वउपसभामुख यादवलाई गत २४ भदौमा सरकारले अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले कांग्रेसकी नेतृ समेत रहेकी यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
यसअघि अस्ट्रेलियाका लागि सिफारिस भएकी कांग्रेसकी नेतृ कान्ता रिजालको नाम विवादका कारण काटिएको थिए । उनको स्थानमा यादवको सिफारिस भएर राजदूत हुने भएकी हुन्।
सरकारले १८ देशका राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै आलोचना भएको थियो । यस्तो मधेशी महिलाबाट यादव राजदूत भएकी हुन् ।
प्रतिक्रिया