इजरायलले प्रतिबन्ध लगायो राष्ट्रसंघका महासचिव गुटेरेसलाई « Khabarhub

इजरायलले प्रतिबन्ध लगायो राष्ट्रसंघका महासचिव गुटेरेसलाई


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।

इजरायलका विदेशमन्त्री इजरायल कट्जले सामाजिक सञ्जालमा पोष्ट गर्दै गुटेरेसमाथि प्रतिबन्ध लगायेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्- ‘जो कोही पनि इरानले इजरायलमाथि गरेको जघन्य हमलाको स्पष्ट रूपमा निन्दा गर्न सक्दैन, उसलाई इजरायली जमिनमा पाइला राख्ने कुनै किसिमको अधिकार छैन ।’

कट्जले गुटेरेसले अहिलेसम्म पनि अक्टोबर ७ मा हमासले गरेको नरसंहार र यौन उत्पीडनको निन्दा नगरको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘न उनले (महासचिव गुटेरेस) हमासलाई आतंकवादी संगठन घोषणा गर्न कुनै प्रयास गरेका छन् ।’

उनले भनेका छन्, ‘यस्तो महासचिव जो, आतङ्कवादी, बलात्कारी, हमास, हिजबुल्लाह र हुतीपछि इरानले गरेको हत्याको समर्थन गर्छ । उनले संयुक्त राष्ट्रको इतिहासमा दाग लगाएको अर्थमा याद गरिनेछ ।’

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : २१ बजे

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका