एआईको प्रयोग मानवको साझा हितमा गरिनुपर्छ : परराष्ट्रमन्त्री « Khabarhub

एआईको प्रयोग मानवको साझा हितमा गरिनुपर्छ : परराष्ट्रमन्त्री


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्टिफिसिएल इन्टेलिजेन्स (एआइ) को प्रयोग मानवताको साझा हित तथा सबैको समृद्धिका लागि जिम्मेवार र मर्यादित रूपमा गरिनुपर्ने बताएकी छन् ।

कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलगको आजदेखि सुरु भएको सम्मेलनअन्तर्गत आयोजित ‘एसिडी बिजनेस फोरम’लाई सम्बोधन गर्दै मन्त्री डा राणाले भनिन्, ‘अबको युगमा एआइलाई पछि छोडेर अघि बढ्न सकिँदैन, त्यसैले यसलाई मर्यादित रुपमा मानवहितमा प्रयोग गर्नुपर्दछ ।’ 

विश्व शान्ति, स्थिरता तथा समृद्धिका लागि एआइलाई सकारात्मक र सिर्जनात्मक साधनका रुपमा अँगाल्नुपर्ने मन्त्री डा राणाको भनाइ थियो ।

 सो बिजनेस समिटको ‘आर्टिफिसिएल इन्टेलिजेन्स एण्ड न्यू बिजनेस मोडल’ विषयक सत्रमा उनले भनिन्, ‘आजको जटिल र प्रतिस्पर्धात्मक विश्वमा एआई एक प्रकारको ‘गेम चेञ्जर’ का रुपमा आएको छ । यसको दुरुपयोग नभई सिर्जनात्मक प्रयोगबाट लाभ लिन सक्नुपर्छ ।’ 

मन्त्री डा राणाले एआई अब कुनै एक प्रविधि अर्थात् प्राविधिक उपकरण मात्र सीमित नभएर मानवीय जीवनमा आवश्यक शिक्षा, स्वास्थ्य, सुशासन, आर्थिक विकास तथा सुरक्षालगायतका लागि प्रभावकारी साधन बनेको बताइन् । यो प्रविधिलाई देशको व्यापारिक तथा कर्पोरेट क्षेत्रले पनि आफ्ना व्यापारिक एवं व्यावसायिक प्रवर्द्धनका लागि प्रयोग गर्नसक्ने उनको सुझाव थियो । कर्पोरेट क्षेत्रका डाटाको प्रयोग र विश्लेषण एवं आफ्ना उत्पादन तथा सेवाको विस्तारमा एआईले सहयोग पुर्‍याउने उनले बताइन्। 

यसको प्रयोगबाट बजारको विश्लेषण एवं अनुसन्धान, उत्पादनका लागि दक्षताको सुधार एवं सूचना प्रणालीमा सहयोग पुग्ने मन्त्री डा राणाको भनाइ थियो । उहाँले यो प्रविधिको प्रयोगबाट लाभ पुग्ने भए पनि यसका जोखिम र चुनौतीहरू पनि बिर्सन नहुने तर्क गरिन्। 

कतिपय डाटा तथा तथ्यांकको गोपनीयता, गलत अर्थात् भ्रमपूर्ण सूचनाको प्रसार तथा रोजगारीमा आउन सक्ने गिरावटलाई यसका मुख्य चुनौतीका रुपमा लिने गरिएको उनको भनाइ छ । 

नेपाल वर्तमान संविधान जारी भएसँगै दिगो शान्ति, स्थिरता र समृद्धिको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै मन्त्री डा राणाले नेपालमा लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई आह्वान गरिन् । 

मन्त्री डा राणा कतारको दोहामा आजदेखि सुरु भएको एसियन कोअपरेसन डायलगको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ पुगेकी हुन् । उनी संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी भएर मङ्गलबार दोहा पुगेकी हुन् । 

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : ४३ बजे

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित