बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३२ पुग्यो, अझै २३ जना बेपत्ता « Khabarhub

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३२ पुग्यो, अझै २३ जना बेपत्ता


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत साताको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण ज्यान गुमाउनेको संख्या २३२ पुगेको छ । अहिले पनि २३ जना बेपत्ता छन् ।

नेपाल प्रहरीका अनुसार प्राकृतिक विपद्मा १६५ जना घाइते रहेका छन् । अहिलेसम्म बाढी, पहिरोमा १७ हजार ३१ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेकाले सडक खुलाउने प्रयास भइरहेको बताएको छ ।

लामो यात्रमा निस्किनुअघि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर निस्किन आग्रह गरेको छ ।

सरकारले बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : ४८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार