समाचार

बागमती प्रदेशसभाको चालु अधिवेशनको अन्त्य

By खबरहब

October 02, 2024

हेटौडा – बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रदेशसभाको दोस्रो कार्यकालको चौथो तथा १४औं अधिवेशन अन्त्य गरिएको हो ।

बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद दोवकोटाले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश अधिवेशन अन्त्य गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

मंगलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्‌को बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

गत ३१ वैशाख २०८१ बाट सुरु भएको प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनमा ३७ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ ।