खेलकुद

ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल

By खबरहब

October 02, 2024

काठमाडौं – क्यानडामा जारी टी ट्वान्टी सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । ओमानका कप्तान अकिब इल्यासले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।

उपाधि सम्भावना कायमै राख्नका लागि नेपालले आजको खेल जित्नै पर्ने दबाब छ । सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपालले दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो भने तेस्रो खेलमा क्यानडासँग पराजित भएको थियो ।

नेपाल र ओमानबीच अहिलेसम्म सात टी–२० खेल भएका छन् । जसमा नेपालले ४ र ओमानले ३ खेल जितेका छन् ।