हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै नेपाल | Khabarhub Khabarhub

हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै नेपाल


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल हङकङ सिक्सेसको दोस्रो खेलमा अस्ट्रेलियासँग खेल्दैछ । एक खेल अगाडि क्वाटर फाइनल प्रवेश गरिसकेको नेपालले पूल ‘बी’ को अन्तिम खेल खेल्न लागेको हो ।

अस्ट्रेलियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ । पहिलो खेलमा इङल्याण्डलाई पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा छ ।

पूल बी को दोस्रो खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई पराजित गरेपछि नेपालको क्वाटरफाइनल निश्चित भएको हो । नेपालले क्वाटरफाइनलमा पूल ‘डी’ को श्रीलंका वा बंगलादेशसँग खेल्ने छ ।

पूल बी बाट अस्ट्रेलिया पनि क्वाटरफाइनलमा पुगेको छ भने इङल्याण्ड दुवै खेल हारेर बाहिरिएको छ । पूल बी को अन्तिम खेल नेपाल र अस्ट्रेलियाबीच हुन लागेको हो। सन्दीप जोराको कप्तानीमा नेपाल हङकङ गएको हो ।

 

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ६ : १६ बजे

मौसम पूर्वानुमान – भाइटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?

काठमाडौं – यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको

विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ?

काठमाडौं –  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित, प्रतिशले लिए तीन विकेट

काठमाडौं- हङकङ सिक्सेसको पूल ‘बी’को अन्तिम खेलमा नेपालले अस्ट्रेलियामाथि ११

नेपालले अस्ट्रेलियालाई दियो ११२ रनको चुनौती : सन्दीप जोराको अर्धशतक

काठमाडौं – हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको

हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं– नेपाल हङकङ सिक्सेसको दोस्रो खेलमा अस्ट्रेलियासँग खेल्दैछ । एक