हङकङ सिक्सेस : इंग्ल्याण्ड र अस्ट्रेलियालाई हराएको नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग भिड्दै « Khabarhub

हङकङ सिक्सेस : इंग्ल्याण्ड र अस्ट्रेलियालाई हराएको नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग भिड्दै


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग खेल्ने भएको छ । पूल ‘बी’को विजेता नेपालले पूल डीको विजेता श्रीलंकासँगको क्वाटरफाइनल भेट पक्का गरेको हो । यो खेल शनिबार दिउँसो हङकङमा हुँदैछ ।

पहिलो खेलमा इंग्ल्याण्डलाई ६ विकेटले हराएको नेपालले अन्तिम खेलमा अस्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको हो।

शनिबार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको थियो। अस्ट्रेलियाले सबै विकेट गुमाएर सय रन बनाएको हो।

अस्ट्रेलियाका लागि ज्याक उडले १६ बलको सामना गर्दै अर्धशतक पूरा गरे। ६ छक्का र चार चौका प्रहार गरेर उनले ५५ रन जोडेका हुन्। एलेक्स रसले १४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिँदा लोकेश बम र विवेक यादवले एकएक विकेट हात पारे। दुई ओभर बलिङ गरेका प्रतिशले २४ रन खर्चिएर तीन विकेट हात पारे। उनी म्यान अफ द म्याच बने।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोराले अर्धशतक पुरा गरे। उनले १६ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै ५१ रन बनाएका हुन्। हङकङ सिक्सेसमा उनको यो लागातार दोस्रो अर्धशतक हो। अघिल्लो खेलमा उनले इंग्ल्याण्डविरुद्ध १२ बलमै अर्धशतक बनाएका थिए।

लोकेश बमले १३ बलमा तीन चौका र तीन छक्काको मद्तमा ३३ रन बनाएका थिए। नेपालका लागि विवेक यादवले चार बलमा १२ रन हिर्काउँदा राशिद खानले दुई बलमा १२ रन बनाए भने एक बल खेलेका नारायण जोशीले एक रन जोडे।

अस्ट्रेलियाका ज्याक उडले दुई विकेट हात पारे।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ८ : ४१ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई