हङकङ सिक्सेस : इंग्ल्याण्ड र अस्ट्रेलियालाई हराएको नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग भिड्दै « Khabarhub

हङकङ सिक्सेस : इंग्ल्याण्ड र अस्ट्रेलियालाई हराएको नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग भिड्दै


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग खेल्ने भएको छ । पूल ‘बी’को विजेता नेपालले पूल डीको विजेता श्रीलंकासँगको क्वाटरफाइनल भेट पक्का गरेको हो । यो खेल शनिबार दिउँसो हङकङमा हुँदैछ ।

पहिलो खेलमा इंग्ल्याण्डलाई ६ विकेटले हराएको नेपालले अन्तिम खेलमा अस्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको हो।

शनिबार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको थियो। अस्ट्रेलियाले सबै विकेट गुमाएर सय रन बनाएको हो।

अस्ट्रेलियाका लागि ज्याक उडले १६ बलको सामना गर्दै अर्धशतक पूरा गरे। ६ छक्का र चार चौका प्रहार गरेर उनले ५५ रन जोडेका हुन्। एलेक्स रसले १४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिँदा लोकेश बम र विवेक यादवले एकएक विकेट हात पारे। दुई ओभर बलिङ गरेका प्रतिशले २४ रन खर्चिएर तीन विकेट हात पारे। उनी म्यान अफ द म्याच बने।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोराले अर्धशतक पुरा गरे। उनले १६ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै ५१ रन बनाएका हुन्। हङकङ सिक्सेसमा उनको यो लागातार दोस्रो अर्धशतक हो। अघिल्लो खेलमा उनले इंग्ल्याण्डविरुद्ध १२ बलमै अर्धशतक बनाएका थिए।

लोकेश बमले १३ बलमा तीन चौका र तीन छक्काको मद्तमा ३३ रन बनाएका थिए। नेपालका लागि विवेक यादवले चार बलमा १२ रन हिर्काउँदा राशिद खानले दुई बलमा १२ रन बनाए भने एक बल खेलेका नारायण जोशीले एक रन जोडे।

अस्ट्रेलियाका ज्याक उडले दुई विकेट हात पारे।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ८ : ४१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार