सयपत्रीको प्रयोग बढ्दा कृत्रिम फूलको आयात घट्यो « Khabarhub

सयपत्रीको प्रयोग बढ्दा कृत्रिम फूलको आयात घट्यो


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – ‘नेपालमै उत्पादित फूलको माला लगाऔँ, नेपाली हुनुको गौरव बढाऔँ’ भन्ने नाराका साथ धनगढीका चोक तथा गल्लीमा यसपटक सयपत्री फूलको व्यापार गर्नेहरूलाई भ्याइ नभ्याइ छ।

पछिल्ला वर्षमा सयपत्रीको उत्पादन बढेसँगै यसको मालाको कारोबार गर्न पनि व्यापारीलाई भ्याइ नभ्याइ हुने गरको छ। यसपटक माला बिक्रीका लागि भइरहेको प्रतिस्पर्धाले गत वर्षभन्दा मूल्य पनि सस्तो भएको छ।

धनगढी क्षेत्रमा घरायसी प्रयोजनका लागि मात्रै फूल रोप्ने चलन रहेकामा पछिल्ला वर्षमा व्यावसायिक रूपमा पुष्पखेती गर्नेहरू बढ्दै गएका छन्। धनगढी उपमहानगरपालिकाको मोतिचोकस्थित सनराइज मल्टी एग्रो प्रालिका इन्द्रबहादुर सेठी पुष्पखेती गर्ने किसान बढे पनि यसबाट अपेक्षित आम्दानी गर्न नसकिएको बताउँछन्।

व्यापारीसँग ग्राहकले सयपत्रीका मालाको मोलमोलाइ गरिरहँदा प्रतिमाला ६० सम्म पाउने गरेको माला खरिद गरेको भेटिनुभएका धनगढी उपमहानगरपालिका—४का हेमराज भट्टले बताए। सयपत्री फूलका माला सहज रूपमा पाउन थालेसँगै विगतका वर्षमा जस्तो तिहारका समयमा बाहिरबाट आयात हुने कृत्रिम फूलमाला प्रयोग गर्नुपर्ने बाध्यता भने हटेको उनको भनाइ छ।

धनगढीको हावापानीमा कर्मा ट्रिपल प्रजातिको सयपत्रीको खेती निकै फस्टाएको छ। टिपेको पाँच÷छ दिनसम्म पनि नबिग्रिने भएकाले धेरैले यसैको खेती रोजेका पुष्प व्यवसायीले बताउने गरेका छन्। पुष्पखेतीसँगै फूल टिप्ने र माला उन्ने काममा रोजगारीको अवसर पनि प्राप्त भएको छ।

धनगढी क्षेत्रमा पुष्पखेती गर्ने किसानहरूको सङ्ख्या करिब ३५ पुगेको बताइएको छ। धनगढी उपमहानगरपालिका कार्यालयले बाहिरबाट हुने फूलको आयातलाई रोक्न स्थानीय किसानलाई पुष्पखेती व्यवसायतर्फ उत्प्रेरित गरेपछि पनि यसतर्फ आकर्षण बढेको हो।

उपमहानले पुष्पखेती प्रवर्द्धनमा जोड दिदै नगर क्षेत्रमा सयपत्री, मखमली जस्ता फूलको खेती गर्न चाहने २६ किसानलाई गतवर्ष तालिमका साथै अन्य प्राविधिक सहयोग गरेको थियो। धनगढीलाई प्राकृतिक फूल सङ्कलनको ‘हब’बनाउने लक्ष्यअनुरूप उपमहानगरले प्राकृतिक फूलको प्रवर्द्धनमा जोड दिएको र बाहिरबाट भित्रिने प्लाष्टिजन्य कृत्रिम फूलमालाको कारोबारमा रोक लगाएको जनाएको छ।

स्थानीय बजारमा बिक्रीका लागि ल्याउने गरिएको सयपत्री फूलमाला प्रतिगोटा कम्तीमा ६० देखि सयसम्म बिक्री वितरण भइरहेको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ९ : ४८ बजे

राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउनुपर्छ : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने

रास्वपा सांसदमाथि आक्रमण प्रयास, कालोमसी हानियो

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि