‘शान्ति सुरक्षा प्राथमिकतामा राखी चाडपर्व मनाउनुपर्छ’ « Khabarhub

‘शान्ति सुरक्षा प्राथमिकतामा राखी चाडपर्व मनाउनुपर्छ’


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

राँझ – लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेश अग्रवालले शान्ति, सुरक्षा प्राथमिकतामा राखी चाडपर्व मनाउनुपर्ने बताएका छन् ।

नेपाल संवत् ११४५ को अवसरमा नेवाः पुचः बाँके र नेवाः देयः देबू बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा मन्त्री अग्रवालले प्रदेश सरकारले शान्ति, सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे। 

उनले नागरिकलाई शान्ति, सुरक्षा प्रदान गर्दै चाडपर्व निर्धक्कसँग मनाउने वातावरण सरकारले बनाएको बताए।

‘चाडपर्वको बेला कालोबजारी गरी उपभोग्य वस्तुको मूल्य वृद्धि गर्ने कार्यलाई रोक्न पार्न प्रदेश सरकारले सम्वद्ध निकायलाई आग्रह गरेको छ’, मन्त्री अग्रवालले भने, ‘कहीँकतै कानुन विपरित कार्य भए आवश्यक कानुनी कारबाही गर्न आदेश गरिएको छ ।’ 

नेपालगञ्जमा नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाको शालिक निमाण गर्न प्रदेश सरकारले सधैँ सहयोग गर्ने उल्लेख गर्दै उनले भने, ‘नेपालगञ्जमा शङ्खधर साख्वाको शालिक निर्माण गर्ने कुरा बारम्बार उठिरहेको छ, उहाँ नेपाल संवत्का प्रवर्तक हुनुका साथै नेपाल सरकारले उहाँलाई राष्ट्रिय विभूति पनि घोषणा गरिसकेको अवस्थामा उनको शालिक निर्माण गर्न सबैले पहल गर्नुपर्छ ।’

लुम्बिनी प्रदेशका सांसद मीना श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललगायतले शुभकामना प्रदान गर्नुभएको नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्र जोशीले जानकारी दिए। 

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ११ : ४९ बजे

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ